जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले सवारी साधन चेकजाँचमा कडाइ गरेको छ । विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरस(कोभिड १९) का कारण गत चैत्र ११ देखि देशव्यापी लक डाउन घोषणा भएपछि बन्द रहेका सवारी साधनहरु सञ्चालनमा आउन थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले चोकजाँच सुरु गरेको हो ।

पुर्व पश्चीम लोकमार्गका साथै भित्रि सडक खण्डहरुमा पनि साना तथा ठुला सवारी साधनको चाप बढेपछि सवारी साधनका कागजातहरु, सवारी चालक अनुमति पत्र,यात्रु बाहक सवारी साधनहरुमा यात्रुको संख्या,भाडा लगायतका विषयहरुलाई प्राथमिकतामा राखेर चेकिङ्ग सुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका निमित्त कार्यालय प्रमुख सइ जटाशंकर सिंहले जानकारी दिनु भयो ।
जिल्लाका सबै ट्राफिक प्रहरी युनिटहरुले तादरुकताका साथ सवारी चोकजाँच सुरु गरेका सइ सिंहले बताउनु भयो । विगत लामो समयदेखि सवारी साधनहरु सञ्चालन नभएका र पछिल्लो क्रममा एकैचोटी सवारी साधनहरु सञ्चालनमा आउँदा दुर्घटना बढ्ने आशंकाहरु पनि बढेको भन्दै जिल्लाका सबै ट्राफिक प्रहरी युनिटहरुले तादरुकताका साथ सवारी चोकजाँच सुरु गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।