५ किलो लागू औषध गाँजा सहित २ जना पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-६-१ गते   १७४४ पटक हेरिएको

सर्लाही लालबन्दी नगरपालिका १ को पुर्व पश्चिम लोकमार्ग स्थित लालबन्दी र नवलपुरको विचमा रहेको लच्काबाट प्रहरीले लागू औषध सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
लालबन्दी नगरपालिका १ को पुर्व पश्चिम लोकमार्ग स्थित लालबन्दी र नवलपुरको विचमा रहेको लच्काबाट प्रहरीले लागू औषध गाँजा  सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
लालबन्दी नगरपालिका १ को पुर्व पश्चिम लोकमार्ग स्थित लालबन्दी र नवलपुरको विचमा रहेको लच्काबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्र.२ ०२ ००५ प २२०६ नं.को मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा  धनुषा सबैला नगरपालिका १२ का अन्दाजी बर्ष ४१ का बिनोद महरा र सोही मोटरसाईकलमा पछाडि सवार सोही ठाउका अन्दाजी  बर्ष ४२ का राजाराम कापर र उनिहरुको साथबाट ५ किलो लागू औषध गाँजा बरामद् गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीले जानकारी दिए  ।
 मोटरसाईकलमा पछाडि बोकेको कालो झोलाभित्र प्लास्टिकले बेरेको ५ किलो लागू औषध  गाँजा मोटरसाईकलमा सवार २ जना र मोटरसाईकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिईएको लागु औषध गाजाँ,मोटरसाईकल र दुवै जनालाई फेला ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा राखेर थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech