सिन्धुलीको कमलामाई नगरपालिकाका ६ मा निर्माण भइरहेको ५० शैयाको कोभिड अस्पतामा गैरसरकारी संस्था महासंघ सिन्धुलीले आर्थिक सहयोग गरेको छ ।
गैरसरकारी संस्था महासंघका केन्द्रिय महासचिव मिलन श्रेष्ठले भवन निर्माण उपभोक्ता समितीका अध्यक्ष आशोक श्रेष्ठलाई निर्माणाधिन ५० शैयाको कोभिड अस्पतालको भवन निर्माणमा आर्थिक अभाव नहोसः भन्ने उद्धेश्यले८८ हजार ७ सय रुपैंयाको हस्तान्तरण गर्न’ भएको हो . गैरसरकारी संस्था महासंघ सिन्धुलीको समन्वयमा सिन्धुलीमा कार्यरत ९ गैरसरकारी संस्थाहरुले आर्थिक सहयोग गरेको जिल्ला अध्यक्ष वेदराज दाहालले जानकारी दिनुभयो ।
कोभिड अस्पताल निर्माणमा सहयोग गर्नेहरुमा ग्रामिण महिला चेतना केन्द्र सिन्धुली १० हजार ७ सय रुपैंया, सामुहिक सरोकार समाज सिन्धुली १० हजार रुपैया, श्री सिन्धुली, सामुदायिक विकास कार्यक्रम सिन्धुली १० हजार रुपैया, सहकार्य नेपाल सिन्धुली १० हजार रुपैया, त्यसैगरी मानव बिकास तथा बाताबरण संरक्षण केन्द्र (हुडेक) सिन्धुली १० हजार रुपैया , ह्याण्डस नेपाल सिन्धुली १०हजार रुपैया र ,जिल्ला लघु उद्यमी संघ सिन्धुलीले १० हजार रुपैंया सहयोग गरेका छन् । जनजाती बिकास समाज सिन्धुलीले ८ हजार रुपैंया सहयोग गरेको गैर सरकारी संस्था महासंघ सिन्धुलीले जनाएको छ ।