४९ स्थानीय तहले अझैँ ल्याएनन् बजेछ,नीति तथा कार्यक्रम

308 Shares

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ मा विपरित देशभरका १६ जिल्लाका ४९ वटा स्थानीय तहहरुले आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम ल्याउन सकेनन्। आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम ल्याउन नसकेका १६ जिल्लाका दुई उपमहानगरपालिका,२६ नगरपालिका सहित ४९ स्थानीय तहले निर्धारित समयमा आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट तथा कार्यक्रम ल्याउन नसकेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।प्रावधान अनुसार आगामि आर्थि वर्षको बजेट,नीति तथा कार्यक्रम असार १० भित्र सभासमक्ष पेश गरेर मसान्त भित्रमा पारित गरि सक्नुपर्ने भएपनि तोकिएको समयमा बजेट तथा नीति कार्यक्रम ल्याउन नसके पछि त्यस्ता स्थानीय तहमा समन्वयका लागि मन्त्रालयले टोली खटाउने निर्णय गरेपछि मधेश प्रदेशका ३९,बागमतीमा दुई,कोशीमा चार,गण्डकीको एक र लुम्बिनीका तीन पालिकाले बजेट ल्याउन नसकेका रहस्य बाहिरिएको हो ।
जस अनुसार कोशी प्रदेशको धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाले बजेट ल्याउन सकेका छैनन्।ग्रामथाङ गाउँपालिका मोरङ,म्याङलुङ नगरपालिका तेह्रथुम,राजविराज र डाक्नेश्वरी नगरपालिका सहित पाँच पालिका,सिरहाका चार नगरपालिका र दुई गाउँपालिका सहित छ स्थानीय तह,धनुषाका छ नगरपालिका र तीन गाउँपालिका सहित नौ वटा स्थानीय तह, सर्लाहीमा तीन वटा नगरपालिकाले बजेट ल्याएका छैनन्।रौतहटको चार वटा नगरपालिका र दुई वटा गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्।
त्यसैगरी बाराको निजगढ सहित तीन नगरपालिका र दुई गाउँपालिकाले बजेट ल्याएका छैनन् भने पर्साका चार वटा गाउँपालिकाले बजेट ल्याएका छैनन्।महोत्तरीको औरही नगरपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र नवलपरासी बर्दघाट सुस्ता पश्चिमको पाल्ही नन्दन गाउँपालिका तथा रुपन्देहीको कोटहीमाई गाउँपालिका सहित लमजुङको दूधपोखरी गाउँपालिका, धादिङको गल्छी र खनियाबास गाउँपालिकाले बजेट ल्याउन सकेका छैनन्।
नेपाल सरकार कार्यविभाजन नियमावली,२०७४ अनुसार संघ र स्थानीय तह तथा प्रदेश र स्थानीय तहबीच सम्पर्क र समन्वयको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको रहेको छरु।सोही जिम्मेवारी अन्तर्गत रहेर स्थानीय तहले कार्यक्रम तथा बजेट ल्याउने परिस्थिति बनाउन समन्वय गर्न टोली खटिएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव कालीप्रसाद पराजुलीले जानकारी दिए।उनका अनुसार हरेक टोलीमा मन्त्रालयका सह सचिव,दुई जना उपसचिव र एक जना सहायक सचिव रहने छन्रु।उक्त टोलीमा गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघ तथा जिल्ला समन्वय अधिकारी सम्मिलित हुने छन् ।अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २७ मा स्थानीय तहले सञ्चित कोषमाथि व्ययभार हुने रकम बाहेकका अन्य रकममा आफ्नो बजेटमा व्यवस्था गरेर सभाबाट स्वीकृत भएपछि मात्र खर्च गर्न पाउने व्यवस्था गरिएको छ।तर स्थानीय तहमा प्रतिनिधित्व गरेका राजनीतिक दलहरू बीचको द्वन्द्व,व्यक्तिगत मनमुटाव र अल्पमत र बहुमतको खेलका कारण तोकिएको समयमै बजेट ल्याउन नसकेको हो।मन्त्रालयले समन्वयको माध्यमबाट यथासिघ्र कार्यक्रम तथा बजेट ल्याउने व्यवस्था गर्न टोलीले सहजीकरण गर्ने छ।मन्त्रालयले सबै स्थानीय तहमा पुगेर समन्वय गर्न टोली खटाएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार