फुटबल खेलाडीको मृत्यु प्रकरण,पीडित परिवारद्वारा एन्फा अगाडि धर्ना

476 Shares

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित बत्सला माविमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले सञ्चालन गरेको एकेडेमीमा रहेका फुटबल खेलाडीको मृत्यु प्रकरणलाई लिएर पीडित पक्ष (एन्फा) कार्यालय अघि धर्ना सुरु गरेका छन् ।इन्द्रसरोवर गाउँपालिका ३ स्थित बत्सला माविमा अखिल नेपाल फुटबल संघ(एन्फा)ले सञ्चालन गरेको एकेडेमीमा रहेका छ जना फुटबल खेलाडीको गत असोज १२ गते सिस्नेरी पहिरोमा परी ज्यान गएको थियो।एन्फाको लापरबाहीका कारण आफ्ना सन्तानको ज्यान गएको भन्दै पीडित पक्षले (एन्फा) कार्यालय अघि धर्ना सुरु गरेका हुन् ।
उक्त पहिरोमा परी ज्यान गुमाएका छ जना फुटबल खेलाडी मध्ये पाँच जना फुटबल खेलाडीका अभिभावकले एन्फाको कमजोर व्यवस्थापनका कारण आफ्ना सन्तानको ज्यान गएकाले उनीहरूमाथि कारबाही गर्न राज्यका कुनै संयन्त्रले चासो नदेखाएको आरोप लगाएका छन्।आफूहरूले एन्फालाई विश्वास गरेर आफ्नो बच्चाहरू सुम्पिए पनि एन्फाको लापरवाहीका कारण आफ्नो सन्तानले ज्यान गुमाएका पीडित परिवारको आरोप छ ।पीडित परिवारले प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न राजनैतिक दलकानेताहरुलाई घटनाको निष्पक्ष छानबिन गर्न भन्दै ज्ञापन पत्र समेत बुझाएका थिए।तर त्यसप्रति कसैले चासो नदेखाएका पीडित परिवारको गुनासो छ ।
सिस्नेरी घटनामा प्रत्यक्ष दोषी देखिएका व्यक्तिलाई नै छानबिन समितिमा राखेर थप पीडा थपेको पीडित परिवारको गुनासो छ ।कुलेखानीको बाध फुट्नसक्ने भन्दै त्यहाँबाट अन्यत्र जाने क्रममा सिस्नेरीको पहिरोमा परी सर्लाहीको लालबन्दी नगरपाकिला १७ रानीगन्जका आदित्य बलम्पाकी मगर सहित हेटौँडाका अनुपम घलान,बाराको निजगढका विकल रेग्मी,सिस्नेरीका दिवस बानियाँ, साइमन योञ्जन र काठमाडौंका प्रियान्स आचार्यको पहिरोमा परी मृत्यु भएको थियो।(एन्फा) ले इन्द्रसरोवर गाउँपालिका ३ स्थित वत्सला मा.विमा अध्ययन गर्ने र एन्फा क्याम्पमा फुटबल प्रशिक्षण लिने ४० जना विद्यार्थी राखेको थियो।

सम्बन्धित समाचार