Close This

वडाध्यक्षका कारण आफुहरु कार्यालयमा बस्न असुरक्षित रहेको भन्दै बरहथवामा कर्मचारीहरु आन्दोलीत

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-२६ गते   २८१ पटक हेरिएको

सर्लाहीको बरहथवा नगरपालिकाका कर्मचारीहरु कार्यालयको कामकाज ठप्प पारेर अनिश्चितकालिन धर्नामा बसेका छन्। बरथवा नगरपालिका.१७ श्रीपुरका वडाध्यक्ष रामविश्वास रायले कर्मचारीमाथि गाली गलौज र हातपात गरेको भन्दै कारबाहीको माग राख्दै कर्मचारीहरुले बुधबार ेदेखि कार्यालयको मूलगेटमा धर्ना सुरु गरेका  छन् ।
वडाध्यक्ष राय, वडा नं. १० मा रहेको दुर्गा सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनारायण राय र सोही विद्यालयका प्रधानाध्यापक फेकु राय समेतले प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर भुजेललाई गाली गलौज र हातपात गरेको र शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारी (राय) माथि कार्यालयमा रहेको टेबुल, कुर्सी र मुक्का प्रयोग गरी आक्रमण गरी सख्त घाइते बनाएको कर्मचारीहरुले आरोप लगाएका छन्।
जनप्रतिनिधिकै अगुवाइमा भएको यस्ता घटनाले कर्मचारीको मनोबल कमजोर भई कार्यालयमा आफुहरु असुरक्षित रहेको भन्दे उनिहरुले आन्दोलन थालको हुन । गत वर्ष पनि वडाध्यक्ष रायले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेश राउत र सहायक लेखापाल रामबाबु रायमाथि दुर्व्यवहार गर्दा कारबाही नभएकाले उनको मनोबल बढेर पुनः आफूहरुमाथि दुर्व्यवहार दोहोरिएको कर्मचारीहरुको आरोप छ।
दोषीमाथि कारबाहीको मागसहित कर्मचारीहरुले नगरप्रमुख देवानन्द महतोलाई ज्ञापन पत्रसमेत बुझाएका स्वास्थ्य संयोजक सत्यनारायण रायले जानकारी दिनु भयो । वडाध्यक्ष रायबाट पटक पटक कर्मचारीमाथि हातपात हुँदै आएकाले कानुनी कारबाही नभएसम्म कार्यालयको कामकाज ठप्प पारी अनिश्चितकालिन धर्नामा बसिरहने उहाँले बताउनु भयो ।
यता वडाध्यक्ष रायले भने आफूबाट कर्मचारीमाथि दुर्व्यवहार नभएको बताउनु भएको छ । अलपत्र अवस्थामा छाडिएको गाउँको सडक असाध्य धुलाम्मे हुँदा नागरिकले धेरै सास्ती पाएका र वृद्धवृद्धाले सामाजिक सुरक्षा भक्ता नपाउँदा गुनासो गरिरहेको बारे ध्यानाकर्षण गराउने क्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेलसँग सामान्य चकाचर्की मात्रै भएको वडाध्यक्ष रायले बताउनु भयो ।
वडाध्यक्ष राय र शिक्षा शाखाका कर्मचारी भूपनारायण अधिकारी(राय)बीच कुटाकुट भएको स्थानिय प्रहरीले बताउको छ । वडाध्यक्षसहित घटनामा संलग्न पाँच जनालाई बुधबार  नै नियन्त्रणमा लिएर सम्झाइ बुझाई छाडिएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले जानकारी दिनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech