लालबन्दीका स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

3.4k Shares

सर्लाहीको लालबन्दी नगरपालिका स्तरीय स्वास्थ्य संस्थाहरुको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । लालबन्दी नगरपालिका स्तरीय स्वास्थ्य संस्थाहरुको आ.व.०७७÷०७८ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको नगर स्वासथ्य सह संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनु भयो ।
कार्यक्रममा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मातृका आचार्य,प्रदेश स्वास्थ्य निर्देशानलयका तथ्यांक अधिकृत लालबाबु यादब लगायत नगर भित्रका सबै स्वास्थ्य संस्थाहरुका प्रमुखहरुको सहभागीता रहेको थियो ।
वार्षिक समिक्षा कार्यक्रम प्रगती प्रस्तुतिकरण तथा अगामी योजना तय गर्दै सम्पनन भएको सह संयोजक खतिवडाले जानकारी दिनु भयो । सबै स्वास्थ्य संस्थाहरु मध्ये  स्वास्थ्य चौकी पत्थरकोट,परवानिपुर,नेत्रगन्जको वार्षिक प्रगति राम्रो देखिएको नगर स्वासथ्य शाखाले जनाएको छ । स्वास्थ्य संस्था व्यवस्थापन र स्वास्थ्य सूचकहरुको प्रगतीमा स्वास्थ्य चौकी पत्थरकोटका प्रमुख अमित प्रसाद गौतम तथा उहाँकबो टिमलाई कार्यक्रममा धन्यवाद समेत व्यक्त गरिएको थियो ।

सम्बन्धित समाचार