कांग्रेस सर्लाहीको मतदान अझै शुरु भएन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-२३ गते   १९३६ पटक हेरिएको

नेपाली कांग्रेस सर्लाहीको अधिवेशन अझै शुरु भएको छैन । सोमबार मतदान प्रक्रिया मार्फत कांग्रेस सर्लाहीको नयाँ नेतृत्व चयन गर्ने तयारी भएको भए पनि साे प्रक्रिया अझै शुरु नभएको निर्वाचन मण्डलले जनाएको  छ ।
मलंगवाकाे पब्लिक माध्यमिक विद्यालयमा बिहान ९ बजेदेखि मतदान सुरु हुने भनिएपनि मध्यान्ह  करिब १ बजेसम्म पनि मतदान सुरु हुन सकेको छैन् । निर्वाचन समितिले केही प्राविधिक समस्या भएकाले मतदान सुरु हुन ढिलाई भएको जनाएको छ ।
मतदान गर्नका लागि मतदाताहरु बिहान ९ बजेदेखि नै लामवद्ध भएर बसिरहेका छन् । तर कतिबजेदेखि मतदान सुरु हुने भन्ने टुंगो लागेको छैन् ।
अधिवेशनमा भाग लिन जिल्लाभरबाट कांग्रेसका नेता कार्यकर्ता सदरमुकाम मलंगवामा पुगेका छन् । मतदान सुरु हुन ढिला भएकाले बेलुका ५ बजेसम्म भनिएको मतदानको समय पनि लम्बिने देखिएको छ । बेलुका मतदान सक्किनासाथ मतगणना सुरु गर्ने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
आजको निर्वाचनमा सर्लाहीको २० वटा स्थानिय निकायका २ सय  वडाबाट छानिएर आएका क्षेत्रीय प्रतिनिधिहरुले मत खसाल्न पाउने छन् । त्यसका लागि जिल्लामा ३ हजार २ सय ८७ जना क्षेत्रीय प्रतिनिधि अर्थात मतदाताहरु रहेका नेपाली कांग्रेस सर्लाहीले जनाएको छ ।
काँग्रेस सर्लाहीको सभापतिमा संस्थापन अर्थात प्रधानमन्त्री तथा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षबाट सुरेन्द्र प्रसाद सिंह र संस्थापन इतर अर्थात शेखर कोइराला शपक्षबाट लक्ष्मण राय प्यानलसहित चुनावी मैदानमा हाेमिएका छन् । पदाधिकारी सहित ९३  जनाकाे लागि निर्वाचन हुन लागेकाे हाे ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech