लालबन्दीका तीनवडाको मतगणना सम्पन्न,वडा नम्बर २ मा माओवादी र ३ र ४ मा कांग्रेस विजयी

2.2k Shares

 सर्लाहीको लालबन्दी नगरपालिकाका ३ वटा वडाको मतगणना सकिएको छ । लालबन्दी नगरपालिका २ मा नेकपा(माओवादी केद्र),लालबन्दी नगरपालिका ३ मा नेपाली कांग्रेस र लालबन्दी नगरपालिका ४ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारहरु विजयी भएका छन् ।
लालबन्दी नगरपालिका २ मा माओवादी केन्द्रको तर्फबाट किरण पासवना,लालबन्दी नगरपालिका ३ मा कांग्रेसको तर्फबाट बुद्धदेव चौधरी लालबन्दी नगरपालिका ४ मा कांग्रसको तर्फबाट सत्यनारायण चौधरी(शशी) विजयी भएका हुन । आईतबार दिउँसो सार्वजनिक गरिएको मतगणना विवरणमा तीनवटा वडाका वडा अध्यक्ष पदका उम्मेदवारहरु विजयी भएका हुन । लालबन्दी २ का वडा अध्यक्ष पासवान २०७४ सालको निर्वाचनमा पनि लालबन्दी २ बाटै वडा अध्यक्षमा निर्वाचित भएका थिए । भने लालबन्दी ३ र ४ बाट विजयी भएका वडा अध्यक्षहरु नयाँ निर्वाचित भएका हुन ।
लालबन्दी २ बाट  वडा अध्यक्ष विजयी भएका पासवानले नेपाली कांग्रेसका इस्तीलाल पासवानलाई २ सय ८ मतान्तरले पराजीत गरेका हुन । उनले एक हजार २९ मत पाएका छन् । भने इस्तीलालले ८ सय २१ मत ल्याएका छन् । भने उनको वडामा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्य पदका उममेदवार थिर बहादुर खड्का विजयी भएका छन् ।
भने लालबन्दी नगरपालिका  ३ मा वडाध्यक्ष पदमा नेपाली कांग्रेसका बुद्धदेव चौधरी विजयी भएका छन् । चौधरीले ४ सय ९७ मत ल्याए भने निकतम प्रतिद्धन्दी एमालेका योगेन्द्र चौधरीले ४ सय ७१ मत पाएका छन् । लालबन्दी ३ मा महिला सदस्य २  जना एमालेका र २ जना सदस्य कांग्रेसबाट विजयी भएका हुन् ।
त्यसैगरी लालबन्दी नगरपालिका  ४ को वडाध्यक्षमा नेपाली कांग्रेसका  सत्यनारायण चौधरी(शशी) विजयी भएका छन् । लालबन्दी नगरपालिका ४ मा कांग्रेसका चौधरी नेतृत्वको प्यानल नै विजयी भएको हो । 
चौधरीले ७ सय ८३ मत ल्याएर विजयी हुँदा निकटतम् प्रतिद्धन्दी एमालेका वीजय प्रसाद घिमिरेले ६ सय ७१ मत मात्र प्राप्त गरेका छन् । विजयी भएका वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृतको कार्यालय लालबन्दी अगाडीबाट आ आफ्ना नेता तथा कार्यकर्ताहरुले अविर माला सहित धुमधामका साथ आफ्नो वडा तर्फ लगेका छन् ।

सम्बन्धित समाचार