लुटपाट गर्ने तीन युवक पक्राउ,एक युवक अझैँ फरार

2k Shares

 सर्लाहीको ईश्वरपुरमा केही दिनअघि भएको लुटपाटको घटनामा संलग्न तीन युवकलाई प्रहरीले पक्राउ गरेको छ । ईश्वरपुरमा केही दिनअघि भएको लुटपाटको घटनामा संलग्न रहेको आशंकामा तीन युवकलाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
जिल्लाकै ब्रम्हपुरी गाउँपालिका ६, पिपरा टोल बस्ने अन्दाजी २८ वर्षीय राजेश कपडी (सुढी)माथि जेठ २५ गते लुटपाट भएको थियो । उनी दक्षिणतर्फबाट उत्तरतर्फ बीआर ३० क्यू ७४६६ नम्वरको मोटरसाइकलमा आउँदै गर्दा दुईवटा मोटरसाइकलमा रहेका अपरिचित ४ जना युवहरुको समुहले ईश्वरपुर नगरपालिका ७, धनपती डाँडास्थित जंगलको बाटोमा बाटो छेकेर लुटपाट गरेका थिए ।
राजेशलाई गोलीबेइज्जती र कुटपीट गरी ती अपरिचित युवाहरुकोे समूहले उनको साथमा रहेको रु १ हजार २ सय लुटेर लगेका थिए । प्रहरीले सो लुटपाटको घटनामा संलग्न रहेका मध्ये ईश्वरपुर नगरपालिका ४, बस्ने अन्दाजी १९ वर्षीय मुकेश बराल, सोही ठाउँका अन्दाजी २२ वर्षीय मेघराज थापा र ईश्वरपुर नगरपालिका ६, का अन्दाजी  ३१ वर्षीय सुनिल लामालाई पक्राउ गरेको हो । उनीहरुलाई जेठ २६ गते साँझ नै ईश्वरपुर नगरपालिका ४, खाल्टे बजारबाट पक्राउ गरिएको भएपनि आईतबार सार्वजनिक गरिएको इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक रोशन थापाले बताउनु भयो ।
उहाँका अनुसार तीनै जनालाई डाका मुद्दामा इलाका प्रहरी कार्यालय केशरगन्ज,बयलबास प्रहरीको हिरासतमा राखी अनुसन्धान भइरहेको छ । घटनामा संलग्न रही फरार रहेका अर्का एक युवकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार