परियोजना दिनदिनै अतिक्रमण र चोरी सिकारीको चपेटामा,समिति र कर्माचारीहरु मौन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०८०-५-२२ गते   ४७२ पटक हेरिएको

सागरनाथ वन विकास परियोजना अन्तरगत ईश्वरपुर नगरपालिका १३ स्थित रहेको पोखरीमा रुख ढल्ने गरी अवैध तरिकाबाट भएको माटो उत्खनन्

सर्लाहीको सागरनाथ वन विकास परियोजना दिनदिनै अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको छ ।नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्र्तगत रहेको वन पैदावार विकास समिति मातहत रहेको परियोजना पछिललो समय दिनप्रतिदिन अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको हो । २०३५ सालमा स्थापना भएको परियोजनामा कार्यरत कर्माचारीहरुको मिलेमतो र लार्पबाहीका कारण परियोजना क्षेत्र दिनप्रतिदिन खुम्चदै गएको छ भने अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको स्थानीयको भनाई छ ।


सागरनाथ वन विकास परियोजना अन्तरगत ईश्वरपुर नगरपालिका १३ स्थित रहेको पोखरीमा  रुख ढल्ने गरी अवैध तरिकाबाट भएको माटो उत्खनन्

परियोजना क्षेत्र भित्र उत्पादन हुने वन पैदावारहरु,परियोजना क्षेत्र भित्र रहेका नदीनाला,जमिन दिनप्रतिदिन अतिक्रमण र चोरी सिकारीको चपेटामा परि रहेको भएपनि परियोजना र वन पैदावार विकास समितिका अध्यक्ष राजदेव प्रसाद यादव समेत मौन देखिएका छन् । असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भएपनि परियोजनाका कर्माचारीहरुले विगत करिब एक वर्षदेखि तलब खान नपाएको भन्दै आन्दोलन गरेपछि वन पैदावार विकास समितिको अध्यक्षमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले हस्तक्षेपकारी भुमिका खेली यादवलाई वन  पैदावार विकास समितिको अध्यक्षमा नियुत्त गरेका थिए ।
परियोजनामा लामो समयदेखि प्रमुख नहुँदा समेत समितिका अध्यक्ष यादवले परियोजना प्रमुखको व्यावस्थापन गर्नुको सट्टा परियोजनाका सहायक वन अधिकृत शिवेन्द्र चौधरीलाई निमित्त परियोजना प्रमुख बनाएर काठ तस्करीदेखि परियोजना क्षेत्रका नदीनाला,पोखरीहरु तथा परियोजना क्षेत्रको जमिन अतिक्रमण गर्न सहजता प्रदान गरेका छन् ।
परियोजना क्षेत्रको अतिक्रमण,काठ चोरी तस्करी,नदीनालामा अवैध उतखनन् तथा परियोजना क्षेत्रका पोखरीहरुको अतिक्रमण भएका समाचारहरु विभिन्न सञ्चार माध्यामहरुमा पटक पटक प्रकाशित भएपनि यी गतिविधिहरु नरोकिनुले वन पैदावार विकास समिति र परियोजनाका कर्माचारीहरु परियोजना बचाउँन भन्दा तस्करी गर्नमा उद्धत छन् भन्ने देखाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech