मधेश प्रदेशका जिल्लाहरुमा असोज ११ गते बिहीबार(भोली) सार्वजनिक विदा हुने भएको छ । मधेश प्रदेश सरकारको सञ्चार तथा कानुन मन्त्रालय जनकपुरधाम,धनुषा,नेपालले बुधबार एक सूचना जारी गर्दै मुस्लिम समुदायहरुको विशेष पर्व “पैगम्बर मोहम्मदको जन्म दिन”को अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा घोषणा गरेको हो ।
मधेश प्रदेश सरकार (मन्त्रिपरिषद् ) बाट मिति २०७९चैत्र ९ गते भएको निर्णय २०८० असोज १० गतेको मन्त्रिस्तरबाट भएको निर्णय अनुसार मुस्लिम समुदायहरुको विशेष पर्व “पैगम्बर मोहम्मद”को जन्म दिन २०८० साल असोज ११ गते विहिवारका दिन सार्वजनिक विदा दिने निर्णय गरे अनुसार असोज ११ गते बिहीबार(भोली) सार्वजनिक विदा हुने भएको हो ।मन्त्रालयका निमित्त प्रदेश सचिव उत्तम प्रसाद खरेलले हस्ताक्षर गरि एक सूचना जारी गर्दै असोज ११ गते बिहीबार(भोली) मुस्लिम समुदायहरुको विशेष पर्व “पैगम्बर मोहम्मदको जन्म दिन”को अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा घोषणा गरिएको हो ।