Close This

हरिवनको क्वारेन्टाईनका लागि बागमति सेवा समाजद्धारा स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-१३ गते   ३१८ पटक हेरिएको

सर्लाहीको हरिवन नगरपालिकाले तयार पारेको क्वारेन्टाइनका लागि बागमती सेवा समाजले विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । मंगलबार दिउँसो संस्थाका अध्यक्ष भरतकुमार कार्कीले हरिवन नगरपालिकाका नगर प्रमुख  गणेशप्रसाद प्रसाईंलाई सो सामग्री हस्तान्तरण गर्नु भएको हो । संस्थाले झुल, तौलि, बेडसिट, साबुन, सेनिटाईजर, पीपीई लगायत विभिन्न स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष कार्कीले बताउनु भयो ।
हरिवन नगरपालिकाले आफ्नो निर्माणाधिन कार्यालय भवनलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरेको छ भने सो क्वारेन्टाईनका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको संस्थाले जनाएको छ । संस्थाले प्रदान गरेको स्वास्थ्य सुरक्षा सामग्रीले क्वारेन्टाइनलाई व्यवस्थित रुपले सञ्चालन गर्न सहयोग पुग्ने भन्दै नगर प्रमुख प्रसाईंले संस्थाप्रति धन्यवाद समेत प्रकट गर्नु भएको छ ।
हरिवन नगरपालिकाको क्वारेन्टाइनमा हाल भारतबाट आएका १५ जनालाई राखिएको थियो उनिहरुको पीसीआर टेष्टमा कोरोना भाईरस नेगेटिभ आएपछि मंगलबार बिहान १५ जनालाई छाडिएको नगर प्रमुख प्रसाईंले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech