जेन–जी आन्दोलनका कारण उत्पन्न पछिल्लो परिस्थिती नियन्त्रणका लागि जनधनको सुरक्षार्थ सर्लाही जिल्लाभर नेपाली सेनाको टोलीले गस्ती गरिरहेको छ।जिल्लाभर नेपाली सेनाको नेतृत्वमा गस्ती सूरु गरिएको लालबन्दी नगरपालिका २ स्थित रहेको नेपाली सेनाको कालिध्वज गणका गणपति उमेश खड्काले जानकारी दिए ।
उनका अनुसार आम नेपाली नागरिक एवम सार्वजनिक सम्पतिको सुरक्षाका लागि सैनिक गस्ती सूरु गरिएको हो। मंगलबार राती १० बजेबाट मुलुकभर नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हालेको छ ।सर्लाहीमा नेपाली सेनाको नगरपालिका २ स्थित रहेको नेपाली सेनाको कालिध्वज गण स्थित गण तथा मातहत मलंगवा र बागमतीस्थित गुल्मबाट सैनिकहरु जिल्लाभर परिचालन भएको गणपति खड्काले बताए।यदि कुनै अपृय घटना हुनसक्ने सूचना प्राप्त भए तत्काल ०४६–५९०९९६/९९७ मा खबर गरिदिन समेत गणपति खड्काले अनुरोध गरेका छन्।भने जेन जी पुस्ताका प्रतिनिधिहरुले नेपाली सेनाका प्रधानसेनापति महारथी अशोक राज सिग्देल लगायतसंग छलफल गरेका छन् ।