आन्तरीक पर्यटन प्रवद्र्धन गर्न हरिवन १ विलन्दीमा विलन्दी पार्क निर्माण

584 Shares

सर्लाहीको हरिवन नगरपालिका १ स्थित विलन्दीमा आन्तरीक पर्यटन प्रवद्र्धनका लागि भन्दै पार्क निर्माण गरिएको छ।हरिवन नगरपालिकाले आन्तरीक पर्यटन प्रवद्र्धनका लागि भन्दै हरिवन क्यानखोला सडक खण्ड अन्र्तगत पर्ने हरिवन नगरपालिका १ स्थित विलन्दीमा पार्क निर्माण गरेको हरिवन नगरपालिकाका इन्जिनियर जक्की अहमद् सिद्धिकीले जानकारी दिए।उनका अनुसार प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सहभागी भएका मानिसहरु र हरिवन नगरपालिकाको सहयोगमा पार्क निर्माण गरिएको हो ।
त्यस्तै हरिवन क्यानखोला सडक खण्ड अन्र्तगत हरिवन नगरपालिका १ स्थित फेदी चापिनि खोलामा पनि चाँडै पुल निर्माण गर्ने तयारी गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकीले जानकारी दिए।उनका अनुसार सिन्धुलीको हरिहरपुरगढी र मरिण क्षेत्रका मानिसहरुलाई हरिवन बजार आउन जान सहज होस र हरिवनको व्यापार प्रवद्र्धनमा पनि सहयोग पुगोस भनेर हरिवन नगरपालिका १ स्थित फेदी चापिनि खोलामा पुल निर्माणका लागि सम्झौता गर्ने तयारी समेत भएको छ ।
सिन्धुलीको मरिण र हरिहरपुरगढी क्षेत्रका स्थानीयलाई सिन्धुली माढीको बजार जान भन्दा हरिवन बजार आउन नजिक हुने साथै हरिवनको व्यापार व्यावसाय फस्टाउने भएकाले हरिवन क्यानखोला मरिण सडक खण्डलाई सहज बनाउन आवश्यक रहेकाले सडक ढलान गर्ने काम पनि भई रहेको हरिवन नगरपालिकाकी उप प्रमुख हरिमाया घलानले बताईन् ।उनका अनुसार हरिवन क्यानखोला मरिण सडक खण्ड हिउँदमा सञ्चालन भएपनि वर्षायाममा सञ्चालन हुन नसक्दा हरिवन बजार आउने जाने क्यानखोला र मरिण क्षेत्रका स्थानीयले सास्ती खेपी रहनु परेको छ ।

सम्बन्धित समाचार