लालबन्दीमा कोरोना पोजेटिभको संख्या १९ पुग्यो

6.2k Shares

सर्लाहीको लालबन्दीबाट गत शनिबार स्वाब संकलन गरि पठाएको स्वाबको रिपोर्ट एक सातापछि आएको छ । साउन २४ गते शनिवार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पठाइएको ६१ जनाको थ्रोट स्वाबमध्ये शनिवार दिउँसोसम्म गरी ५३ जनाको परीक्षण रिपोर्ट प्राप्त भएको नगरपालिकाको स्वास्थ्य शाखा सह–संयोजक सुरेन्द्र खतिवडाले जानकारी दिनु भयो । रिपोर्ट आएकामध्ये शुक्रबार र शनविार गरी तीन जनामा कोरोना संक्रमण पोजेटिभ आएको खतिवडाले बताउनु भयो ।
सुक्रवार  आएको रिपोर्टमा वडा नं. १० का वडाअध्यक्ष टोपबहादुर श्रेष्ठ र शनिवार वडा नं. २ पुर्नवासका दुई जना नागरीकको  पोजिटिभ रिपोर्ट आएको नगरपालिकाले जनाएको छ । शनिवार संक्रमण पुष्टी भएका दुई जना वडा नम्बर २ का स्थानियबासी बुवा छोरा रहेका छन । ५० वर्षका बाबु र २४ वर्षका छोरा दुवैलाई नगरपालिकाले तयार पारेको कृषि सामाग्री कम्पनी लिमिटेडको भवनको आइसोलेसनमा ल्याउने तयारी भइरहेको स्वास्थ्य सह–संयोजक खतिवडाले बताउनु भयो । उनिहरुको भरतपुरमा उपचार गराउन जाँदा स्वाब परीक्षण गरिएको थियो । जनकपुर पठाइएको ६१ जना मध्य ८ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यसैगरी हेटौंडाको प्रयोगशालामा पठाइएको १२३ जनाको स्वाबको रिपोर्ट पनि आएको छ । जसमा स्वास्थ्यकर्मी सहित स्थानियबासी १२ जनाको कोरोना भाईरस पोजेटिभ रपिोर्ट पोजेटिभ आएको खतिवडाले जानकारी दिनु भयो । जस मध्य १ जनाको रिपोर्ट पटक पटक चेक गराउँदा पोजेटिभ आएको हो । 
केरोना भाईरस पोजेटिभ देखिएकाहरुको पहिचान गरी आइसोलेसनमा पठाउने काम भई रहेको नगरपालिकाले जनाएको छ । अब लालबन्दीमा कोरोना भाईरस पोजेटिभको संख्या १९ जना पुगेको छ ।आज एकैदिन १३ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ । 

सम्बन्धित समाचार