Close This

बुधबार ६८१ जनामा कोरोना संक्रमित थपिए,संक्रमितको संख्या २८ हजार ९३८

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-३ गते   ४०७ पटक हेरिएको

देशभर बुधबार ६८१ जनामा कोरोना संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ६८१ जनामा कोरोना पुष्टि भएको हो ।
अब देशभर कोरोना संक्रमण हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै विगत २४ घण्टामा १ सय २० जना कोरोना संक्रमणबाट निको भइ घर फर्किएका छन् । अब निको हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। हाल देशमा सक्रिय संक्रमितको संख्या ११ हजार १ सय १८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विगत २४ घण्टामा ११ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ५ लाख ५४ हजार बढीको पिसिआर परीक्षण भएको हो ।त्यस्तै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२० पुगेको छ। विगत २४ घण्टामा मृत्यु भएका मध्य थप ६ जना कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा.गौतमले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech