सर्लाहीको लालबन्दी नगरपालिका–१२ को जलकेनी मन्दिर,लालबन्दी नगरपालिका–१३ को नारायण डाँडा र लालबन्दी नगरपालिका–१६ को बोहोरो डाँडा आन्तरीक पर्यटकीय क्षेत्र हुन ।यी पर्यटकीय क्षेत्रहरुको उचित प्रचार प्र्रसार हुन नसक्दा उनीहरु गुमनाम छन् ।
हरेक पटक सरकार गठन हुँदा यी क्षेत्रहरुको सवालमा केही आवाज उठेपनि विभागिय मन्त्री समेत यी स्थानमा पुग्दैननन्।शनिबार त्यही भएकको छ।नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री खडकराज पौडेल(गणेश)सर्लाहीका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमण गर्न भन्दै सर्लाही आएपनि यी ठाउंहरुमा नपुगि सहज रुपमा यातायात पुग्ने ठाउँतर्फ मोडिएपछि यस पटक पनि यी स्थानले पर्यटन मन्त्रीको अनुहार हेर्न पाएन् ।
मधेश प्रदेशका ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको भ्रमण गर्न मधेश झरेका मन्त्री पौडेलले शनिबार सर्लाहीका प्रशिद्ध धार्मिक तथा पर्यटकीयस्थलहरु भ्रमण गर्ने कार्यक्रम थियो तर सवारी साधन पुग्न नसकेपछि यी पर्यटकीय क्षेत्रहरुमा उनी गएनन् ।
मन्त्री पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मधेश प्रदेशका सभापति समेत रहेका प्रतिनिधि सभा सदस्य तपेश्वर यादवसहित सर्लाहीका प्रतिनिधि सभा सदस्य नीत्तिमा कार्की(भण्डारी) र रवीन महतो लगायतले पर्यटकीयस्थल तथा विभिन्न आयोजनाहरुको भ्रमण गराउन दौडाए ।सर्लाहीमा सहज रुपमा सवारी साधन पुग्ने नवलपुरको रामजानकी मन्दिर,चन्द्रनगर गाउँपालिकास्थित नाढीमन ताल,कविलासी स्थित चमेलीमाई मन्दिरलगायत स्थानका पर्यटकीयस्थलको पर्यटनमन्त्री पौडेलले अवलोकन गरेका छन् ।
मन्त्री पौडेललाई दिनभर कुरे पनि साँझ अबेर समय अभाव भएकाले भ्याउन नसकिएको भन्ने जवाफ आएको चिताइन मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र धामीले बताए ।स्टण्ड गरेर बनेको सरकार र उसका मन्त्रीहरु पनि स्टण्ड मै रमाउने गरेकायसबाट पनि प्रष्ट हुन्छ ।