Close This

सर्लाहीमा तीनसाता देखियो जारी निषेधाज्ञा हट्यो

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-५-२१ गते   ३८५ पटक हेरिएको

जिल्लामा विगत तीन सातादेखि लगाइदै आएको निषेधाज्ञा हटाइएको छ ।कोरोना संक्रमण फैलिन नदिने उद्देश्यले विगत तीन सातादेखि लगाइदै आएको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबारदेखि हटाउने निर्णय गरेको हो ।


जिल्ला विपद व्यवस्थापन समिति सर्लाहीको आईतबार बसेको बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्रकुमार पौडेलले जानकारी दिनु भयो ।
सर्वसाधारणको जीवन निर्वाह तथा सामाजिक आर्थिक अवस्थालाई सन्तुलित बनाई राख्न व्यापार तथा रोजगारी हुने खालका कृयाकलापहरु संचालन गर्न दिइने निर्णय गरिएको उहाँले बताउनु भयो । यद्यपि कोरोना संक्रमण फैलिन नदिन आवश्यक सुरक्षा मापदण्ड पालन गराउन लगाइने उहाँकोे भनाई छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले निषेधाज्ञा खुल्ला गरे पनि होटेल तथा मदिरा पसलहरु संचालनमा र हाट बजार तथा मेला आयोजनमा पूूर्ण रुपमा प्रतिबनध लगाएको छ ।


उपभोग्य सामाग्री बिक्री गर्ने पसलहरु प्रत्येक दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म खोल्न दिइने निर्णय भएकोे छ । संघ संस्था, कार्यालय, वित्तिय संस्थाहरु स्थानिय तहगत रुपले पालो मिलाएर संचालनमा ल्याउन दिन निर्णय भएको हो । निषेधाज्ञा हटाइएपनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech