जैविक मल तथा जैविक विषाधी बनाउने तालीम सम्पन्न

3.2k Shares

सर्लाहीको लालबन्दी नगरपालिका कृर्षि शाखाको आयोजनामा आईतबारबाट सुरु भएको जैविक मल तथा जैविक विषाधी बनाउने तालीम मंगलबार सम्पन्न भएको छ । बहु क्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत रहेको जैविक मल तथा जैविक विषाधी बनाउने तालीम सम्पन्न भएको हो ।
लालबन्दी नगरपालिकालाई विषादी रहित तथा प्रांगारीक मलको प्रयोगमा जोड दिने लक्ष्यका साथ सुरु भएको तालीमको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव तिमल्सेनाले समापन गर्नु भएको आयोजकले बताएको छ । लालबन्दी नगरपालिका ५ को ओमशान्ती पार्कको सभाहलमा भएको कार्यक्रममा लालबन्दी नगरपालिका भरीका कृषक समुहका २५ जना सदस्यहरुको सहभागीता रहेको लालबन्दी नगरपालिका कृर्षि शाखाका प्रमुख गोकर्ण पौडेलले जानकारी दिनु भयो । 
कार्यक्रममा सहभागी कृषकहरुलाई लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिमल्सेनाले तरकारीको बिउ वितरण गर्नु भएको कृर्षी शाखा प्रमुख पौडेलले बताउनु भयो ।

सम्बन्धित समाचार