Close This

मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा हुने

पत्र पत्रिका    प्रकाशित: २०७७-७-५ गते   २२६५ पटक हेरिएको

विगत लामो ६ महिनादेखि स्थगित कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले बुधबार एक सूचना सार्वजनिक गरी मंसिर ९ गतेदेखि १६ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ ।

गत बैशाख ८ गतेदेखि सञ्चालन हुने भनिएको परीक्षण कोरोना भाइरसको महामारीका कारण स्थगित भएको थियो ।राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ ।

कोरोना संक्रमण भएर उपचार गराइरहेका विद्यार्थीलाई परीक्षा केन्द्रमा उपस्थित नहुन बोर्डले आग्रह गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech