सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीमा बञ्चरो प्रहार गरी भाइले दाजुको हत्या गरेको आरोपमा मानबहादुर बम्जन पक्राउ परेका छन् ।
सिन्धुलीको मरिण गाउँपालिका–३ मथौलीका गणेश भनिने मानबहादुर बम्जनले जेठो दाजु चेतबहादुर बम्जनलाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक आभुषण तिम्सीनाले बताउनु भयो ।
दाजुभाइ नै दैनिक मदिरा सेवन र झगडा गर्ने गरेका उनका परिवारजनले बताएका मरिण गाउँपालिका–३ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता विमर्श मोक्तान(प्रख्यात)ले बताउनु भयो । हत्या आरोपी मानबहादुर मानसिक रुपमा समेत अस्वस्थ रहेको प्रवक्ता मोक्तानले बताउनुभयो । करिब ४८ बर्षीय दाजु छिमेकीकै घर बनाउने काममा रहेका बेला करिब ४५ बर्षीय भाइ मानबहादुर बम्नजले बोलाएर ‘यस्तो काम गर्नुहुँदैन’ भनी घर लगेर हत्या गरेका उहाँले बताउनु भयो ।
हत्या आरोपी गणेश भनिने मानबहादुरलाई इलाका प्रहरी कार्यालय कपिलाकोटले नियन्त्रण लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुली पठाइएको इलाका प्रहरी कार्यालय कपिलाकोटले जनाएको छ ।