Close This

नेकपा(विप्लव) समुहसँग वार्ता गर्न दुवै पक्षबीच २/२ सदस्यीय बार्ता टोली गठन,

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१८ गते   ३५८० पटक हेरिएको

नेपाल सरकारले नेकपा(विप्लव) समूहसँग वार्ता गर्न दुई सदस्यीय बार्ता टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापा(बादल)को संयोजकत्वमा वार्ता टोली गठन गरिएको सुचना,सञ्चार तथा प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनु भयो ।
बार्ता टोलीमा गृह मन्त्री थापा र  प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई रहनु भएको छ । त्यसैगरी  नेकपा(विप्लव) समुहको तर्फबाट सो पार्टीमा दोश्रो वरियतामा रहेका नेता तथा पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)को नेतृत्वमा दिपक चलाउने बार्ता टोलीमा रहेका छन् ।
नेपाल सरकार र प्रतिवन्धित नेकपा(विप्लव) समुह बीच आजै बेलुकादेखि वार्ता हुने स्रोतले जनाएको छ । नेकपा( विप्लव)समूहले पनि २ सदस्यीय वार्ता टोली गठन गरि सरकारलाई जानकारी गराएर कडा सुरक्षाका वीच काठमाण्डौ भित्रिएको उच्च सुरक्षा स्रोतले जनाएको छ ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.भट्टराई रहेका छन् भने नेकपा(विप्लव) समुहबाट विश्वकर्मा र चलाउने बार्ता टोलीमा रहेका सुचना,सञ्चार तथा  प्रविधि मन्त्री गुरुङले पत्रकार सम्मेलनमार्फत जानकारी दिनु भएको छ । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech