Close This

हरिपुरका ९ वटै वडामा पुग्यो स्वास्थ्य सेवा,सबैको आफ्नै भवन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-११-१९ गते   २०२ पटक हेरिएको

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको सर्लाहीको हरिपुर नगरपालिकाले नगरका ९ वटै वडामा आधारभूत स्वास्थ्य सेवा विस्तार गरेको छ । नगरवासीलाई आधारभूत स्वास्थ्यको पहुँच गाउँगाउँमा नै पु¥याउने उद्देश्यले संघीय सरकार र नगरपालिकाको साझेदारीमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्था गरिएको नगर प्रमुख जमरुदिन मन्सुरले बताउनु भयो । 
‘नगरपालिकाका केही वडाहरूमा पुरानै स्वास्थ्य संस्था रहे पनि  वडा नम्बर ४,५,७ र ७ गरि ४ वटा वडा स्वास्थ्य संस्था विहीन थिए’, नगरप्रमुख मन्सुरले बताउनु भयो । ‘स्वास्थ्य संस्था नभएका वडाहरूमा भवनसहित स्वास्थ्यकर्मीको व्यवस्थापन गरी आधारभूत स्वास्थ्य सेवा प्रदान गरेको उहाँको भनाई छ ।’ उहाँका अनुसार  केही नयाँ थपिएका स्वास्थ्य संस्थाहरुमा भवन निर्माणको काम अन्तीम चरण पुगेको र चाँडै नै आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान हुने छ । 
नगरपालिकाका ९ वटा वडा मध्य १,२,३,६ र ९ नम्बर वडामा  पुरानै स्वास्थ्य संस्था रहेका थिए ।, जसमा प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई १५ सैयाको अस्पताल बनाउने प्रस्ताव गरिएको नगर स्वास्थ्य शाखा संयोजक विकाउ महत्तोले बताउनु भयो ।  नगरकै मुटु हरिपुर नगरपालिका २ मा रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रको सुविधा सम्पन्न भवन निर्माणाधिन अवस्थामा रहेको छ ।
 स्वास्थ्य सेवालाई सूचना प्रविधिसँग जोड्दै नवीनतम तरिकाबाट सेवाहरू प्रदान गर्ने गरी अगाडि बढिएको नगर उप  प्रमुख रेणुका काफ्लेले बताउनु भयो ।  उहाँका अनुसार हरिपुर नगरपालिका ३ मा  फरहदवामा रहेको स्वास्थ्य चौकीलाई पनि अस्पतालको रुपमा विकास गर्ने प्रयास भइ रहेको छ ।
प्राथमिक स्वास्थ्य केन्द्र हरिपुरलाई अस्पतालकै रुपमा संचालनमा ल्याउन भन्दै सुविधा सम्पन्न भवन निर्माण सुरु गरिएको भएपनि ठेकेदारको दलार्पबाहीका कारण भवन निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा स्वास्थ्य सेवा प्रदान गर्न समस्या भएको नगर स्वास्थ्य संयोजक महत्तोले बताउनु भयो ।  उहाँका अनुसार  हरिपुर नगरपालिकाका स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूमार्फत आधारभूत स्वास्थ्य सेवाहरू अन्तर्गत बिरामी जाँच सेवा, पोषण, सुरक्षित मातृत्व, परिवार नियोजन, खोप सेवा, सर्ने नसर्ने रोगसम्बन्धी सचेतना सेवा, विद्यालय स्वास्थ्य सेवालगायतका सेवा सञ्चालन भइ रहेको छ ।
नगरका ९ वटै वडामा रहेको स्वास्थ्य संस्थाहरुमध्य केही स्वास्थ्य संस्थाहरुको आफ्नै भवन नभएको भएपनि अन्य सरकारी कार्यालयहरुका भवनको प्रयोग गरि सेवा दिने काम भइ रहेको नगरपालिकाले जनाएको छ ।  भने आफ्नै भवन नभएका स्वास्थ्य संस्थाहरुको पनि भवन निर्माणको काम अन्तीम चरणमा पुगेका कारण चाँडै नै नगरका सबै स्वास्थ्यहरुले आफ्नै भवनबाट स्वास्थ्य सेवा प्रदान गर्ने तयारी गरि रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech