Close This

कमलामाई नगरपालिकाद्धारा पत्रकारलाई सुरक्षा सामाग्रि बितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७६-१२-२८ गते   ७७७ पटक हेरिएको

सिन्धुलीको कमलामाई नगरपालिकाद्धारा विहिबार पत्रकार महासंघ सिन्धुलीलाई सहयोग गरेको छ ।
नगर प्रमुख खड्ग बहादुर खत्रिले नेपाल पत्रकार महासघं सिन्धुलीका सभापति होम कुमार कार्की राजन लाई फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुको लागी सेनिटाईजर, पन्जा, मास्क लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कोरोना भाईरसको त्रास बढीरहदा पनि पत्रकारले नागरीकहरुलाई दिन रात खटिएर समाचार सम्प्रेसन गरीरहेको छ । कोरोना भाईस सक्रमण रोकथामको लागि जिल्लाबाट फ्रन्टलाइनमा काम गर्ने पत्रकारहरुलाई उक्त सामाग्रि वितरण गरीने अध्यक्ष कार्कीले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech