Close This

कमिसनै कमिसन र दादागिरी सैलीमा चल्दै गजुरमुखी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-११ गते   ३४१ पटक हेरिएको

पुर्व पश्चीम रेल मार्गको निर्माणको ठेक्का लिएको गजुरमुखी निर्माण सेवा प्रालीले जिल्लामा प्रहरी प्रशासनदेखि जनप्रतिनिधिहरु सम्म कमिसन खुवाउने गरेको पाइएको छ ।
वातावरणिय मुल्यांकन प्रतिवेदन र नगरपालिकासंग भएको सम्झौता अनुसार काम नगरेको गजुरमुखीले जिल्लाका सरोकारवालाहरु र केही अराजक शैलीमा युवाहरुलाई कमिसन दिने र सोही शैलीमा नदी दोहन गर्ने गरेको पाइएको छ । सोही विषयमा समाचार लेख्दा गजुरमुखीका कर्माचारी सुमन पौडेलले पत्रकारलाई समाचार लेख्ने सबक सिकाएका छन् ।
गाउँका केही दादागिरी सैलीका मानिसहरुलाई कमिसन दिएको भरमा दादागिरी सैलीमा काम गर्न खोजेको गजुरमुखीले पत्रकारहरुले समाचार लेख्दा गजुरमुखीको पक्षमा समाचार लेख्नु पर्ने बताएको छ ।
वातावरणिय मुल्यांकन प्रतिवेदन र नगरपालिकासंग भएको सम्झौता विपरित सर्लाहीमा गजुरमुखीले लखनदेही खोला दोहन गरेको भन्दै लेखिएको समाचारमा गजुरमुखीका कर्माचारी पौडेलले समाचार गलत भएको भन्दै समाचार लेख्ने तरिका सिकाउनु भएको हो ।


गजुरमुखीले जिल्लाका उच्च तहका कर्माचारीदेखि जनप्रतिनिधिहरु,प्रहरी प्रशासन र गाउँघरका टोले दादाहरुका साथै जिल्लाका केही मिडियाहरुलाई समेत कमिसन दिने गरेको छ । त्यहि कमिसन दिएर पालेका गाउँका टोले दादाहरु,प्रहरी प्रशासनहरु र केही जनप्रतिनिधिहरुको आडमा गजुरमुखीले गैर कानुनी तरिकाबाट नदी दोहन गरि रहेको छ ।
यस विषयमा पटक पटक जानकारी गराउँदा पनि जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरी पनि चुपचाप बस्नु भएको छ । उहाँलाई वातावरणिय मुल्यांकन प्रतिवेदन र स्थानिय निकायसंगको सम्झौता विपरित गजुरमुखीले नदीमा स्काइभेटर लगाएको र दोहन गरेको जानकारी हुँदा हुदै पनि मौन बस्नुले उहाँपनि कमिसनमा अल्मलीएको आरोप छ ।
भने नदी दोहनमा निजी नम्बरका सवारी साधनहरुलाई प्रयोग गर्दापनि जिल्ला ट्राफिक प्रहरी कार्यालय मौन बस्नुमा पनि विशेष कारण छ । जो गजुरमुखीले मासिक रु ५ हजार जिल्ला ट्राफिक प्रहरी कार्यालयका एकजना प्रहरी अधिकारीलाई बुझाउने गरेका  छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech