Close This

अस्पतालमा पूर्वाधार नहुँदा जिल्लाका कोरोना संक्रमित होम आइसोलेसनमै

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-३० गते   १६६ पटक हेरिएको

सर्लाहीमा आईसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना संक्रमितहरुले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना संक्रमण देखिएर उपचारको लागि जिल्ला अस्पतालमा उपचारको लागि भर्ना भएका बिरामीहरुले उपचार अभावमा ज्यान गुमाउनु परेको छ ।
स्वास्थ्य निरीक्षक श्रीप्रसाद साहका कोरोना संक्रमितहरु भेन्टिलेटर अभावमा उपचारै नपाएर ज्यान गुमाउन बाध्य भएका छन् । कोरोना संक्रमण र कोरोना संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीहरु उपचारका लागि अस्पतालमा भनाई भएका भएपनि आवश्यक भौतीक संरचना र भौतीक साधनहरुको अभावमा बिरामहिरुलेउपचार नपाएका हुन ।
स्वास्थ्य अवस्था खराब हुन थालेपछि अस्पतालले भेन्टिलेटर भएको अस्पतालमा लान सुझाव दिने गरेको छ । तर आर्थिक स्थिति कमजोर भएका जिल्लाबासीले अन्यन्त्र लैजान नसक्दा बिरामीहरुको अकाल मै मृत्यु हुने गरेको छ । जिल्ला अस्पतालमा आईसीयू र भेन्टिलेटर छैन, बिरामीहरुलाई पनि अन्तिम अवस्थामा अस्पताल ल्याउँदा थप जोखिम रहेको साहले बताउनु भयो ।
जिल्लामा कोरोना संक्रमणको लक्षण देखिएका र संक्रमणको आशंका गरिएकाहरु पनि होम आइसोलेसनमा रहेका छन् । ‘जिल्ला अस्पतालमा कोरोना संक्रमित बिरामीहरुका लागि चिकित्सक भए पनि आईसीयू र भेन्टिलेटरको व्यवस्थापन छैन, यस्तोमा बिरामी अन्तिम समयमा अस्पतालमा भर्ना हुन आउने गरेका छन्,’ साहले भने, ‘अन्तिम अवस्थामा हामीलाई बिरामीको ज्यान जोगाउन मुस्किल पर्ने गरेको छ ।’ जसका कारण किरामीहरुको हामी उपचार गर्दा गर्दै पनि ज्यान जाँदा दुःख लाग्छ ।
आईसीयू र भेन्टिलेटरको व्यवस्थापन भए गम्भीर बिरामीलाई जोगाउन सकिने अस्पतालका मेडिकल सुपरिटेन्ड डा. सञ्जीव सिंहले बताउनु भयो । ‘संक्रमितहरु अन्तीम अवस्थामा अस्पताल आउँछन् । अस्पतालमा भेन्टिलेटर छैन, बिरामीका आफन्तहरुलाई अन्यन्त्र लैजान भन्दा आर्थिक स्थिती कमजोर रहेको गुनासो आउँछ । जसका कारण बिरामीहरुको अकालमै ज्यान जाने गरेको  छ ।’ उहाँले बताउनु भयो ।
जिल्ला अस्पतालमा ५० बेडको कोरोना अस्पताल निर्माण गरिए पनि  अस्पतालमा कोरोना संक्रमितहरु जाँदैनन् । जिल्लाका अधिकांश कोरोना संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लाका सनिय निकायहरूले होम आइसोलेसनमा बसिरहेका सबैको स्वास्थ्य जाँच भइरहेको दाबी गरेका छन् तर संक्रमितहरूले भने सामान्य ज्वरो मापन गर्न पनि कोही नआएको गुनासो गरेका छन् ।
‘संक्रमण पुष्टि भएपछि स्थानिय निकायहरुले घरमै बस्न भन्ने गरेका उक स्थानियले बताए उनका अनुसार तपाई घरमै बसनुस हामी समय समयमा जाँच गर्नआउँछौँ भने तर त्यसपछि कोही पनि जाँचका लागि आएनन्,’ ती संक्रमितले भने, ‘संक्रमितको मृत्यु घरमै हुन थालेपछि अलि डर लागेको छ, दिन प्रतिदिन मनोबल खस्किँदै छ ।’
लालबन्दी नगरपालिकाले २०,हरिवन नगरपालिकाले सय बेड र गोडैता नगरपालिकाले १५ बेडको आईसीयू र अक्सिजनसहितको आइसोलेसन निर्माण गरेको छ । जसमा चिकित्सकको पनि टोली परिचालन गरिएको छ । अन्य स्थानिय निकायहरुले भने कोरोनासँग जुध्न कुनै योजना नै बनाएका छैनन्। स्थानिय निकायले ध्यान नदिएपछि जिल्ला समन्वय समिति सर्लाही (डीसीसीएमसी)को टोली जिल्लाभरि ठाउँठाउँमा आइसोलेसन निर्माणको तयारीमा जुटेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति तथा डीसीसीएमसी संयोजक मेथुर चौधरीले जानकारी दिनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech