प्रहरी उपरिक्षक सिलवाल असुलीमा व्यस्त रहेका आरोप,सहायक हबल्दार राईलाई घुमुवा परिचालन

446 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरिक्षक राजकुमार सिलवालले प्रहरी प्रमुखको नाममा सोत मधेस प्रदेशका जिल्लाहरुबाट दैनिक रु दुई लाख ८० हजार उठाउने गरेको रहस्य बाहिरिएको छ।प्रहरी उपरीक्षक सिलवाल हाजिर भई देखि नै मधेश प्रदेशलाई असुलीको अखडा बनाएर लुटको खेती मच्याएका यातायात व्यावसायीहरुको आरोप छ ।
प्रहरी उपरीक्षक सिलवालले आफ्नो घुमुवा प्रहरीको रुपमा प्रहरी सहायक हवल्दार रवि राईलाई परिचालन गरी मधेश प्रदेशका जिल्लाहरुबाट दैनिक रु दुई लाख ८० उठाउने गरेको प्रहरी श्रोतको दाबी छ।प्रहरी उपरीक्षक सिलवालले प्रहरी प्रमुख दिपक थापाका लागि भन्दै असुली गर्ने र प्रहरी सहायक हवल्दार राईलाई हरेक जिल्लाबाट दैनिक रकम उठाउन परिचालन गरेका प्रहरी श्रोतको दावी छ।
प्रहरी उपरीक्षक सिलवाल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा,मधेश प्रदेशको जिम्मेवारी सम्हाले देखि नै ट्राफिक प्रहरीको काम कर्तव्य भन्दा बाहिर गई आर्थिक लाभमा सिमित रहेको समय समयमा गुनासाहरु आउने गरेका समेत पाइएको छ।प्रहरी उपरीक्षक सिलवाल आर्थिक लाभमा सिमित रहेका भन्दै पटक पटक समाचारहरु प्रकाशन भएका भएपनि प्रहरी सहायक हवल्दार राईलाई परिचालन गरी मधेशका सबै आठै जिल्लाबाट दैनिक रु दुई लाख ८० आईजिपी थापाको नाममा समेत रकम असुली रहेका प्रहरी अधिकारीहरु नै बताउँछन् ।
त्यस्तै,सो सम्बन्धमा प्रहरी उपरीक्षक सिलवालले प्रहरी सहायक हवल्दार राई डियुटी गर्ने तथा कुनै यस्तो कार्यमा सग्लग्न नरहेको बताए।“काम गर्ने सवालमा कुनैपनि कसर बाँकी राख्दीन म प्रधानमन्त्रीबाट दुई पटक उत्कृष्ठ अनुसन्धानकर्ताको रुपमा पुरस्कृत भएको प्रहरी अधिकारी हूँ । सकेसम्म केही विगार्दीन बरु जे जति सक्छु सपार्छु ।”प्रहरी उपरिक्षक सिलवालले बताए ।
तर,जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रहरी प्रमुख रहँदा प्रहरी उपरिक्षक सिलवालले एक कार्यकालमा ठूलो रकम उठाएका एक प्रहरी कर्मचारीले बताए।“प्रहरी उपरिक्षक सिलवाल जस्तै पैसाका लागि मरिहत्य गर्ने साहेदै प्रहरी अधिकारीहरु होलान ।”सो समयमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीकै घुमुवा समेत ती प्रहरी कर्मचारीले बताए ।
यता,नेपाल प्रहरीका केन्द्रीय प्रवत्ता एवम प्रहरी नायव महानिरीक्षक बिनोद घिमिरेसँग प्रतिक्रिया लिँदा कानुन विपरित जो कोहिलाई कार्वाही हुने बताए।साथै तपाईले जानकारी दिए बमोजिम आफुहरुले अनुसन्धान गर्ने र कानुन विपरित भए कार्वाही गर्ने बताए ।
त्यसैगरी,सार्वजनिक सेवा प्रवाहका लागि खटाइएका सुरक्षाकर्मीहरूबाटै सेवा ग्रहणमा बाधा पुग्ने,आर्थिक शोषण हुने र कानुनको धज्जी उडाइने क्रम पछिल्लो समय बढ्दै गएको पुर्व प्रहरी कर्मचारीहरु बताउँछन्।जसमा मधेश प्रदेशका जिल्लाहरुमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा सञ्चालन हुने सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परीक्षामा व्यापक भ्रष्टाचार,सेटिङ र आर्थिक शोषण हुने गरेको आरोप छ। मधेश प्रदेशका जिल्ला ट्राफिक प्रहरी कार्यालयहरुले प्रहरी उपरीक्षक सिलवालको निर्देशनमा महिनावारी असुल्ने र बुझाउने काम हुँदै आएको पाइएको छ ।
प्रहरी स्रोतका अनुसार सवारी चालक अनुमती पत्रको प्रयोगात्मक परीक्षा दिन आउने मानिसहरुलाई जानाजान फेल गराउने,त्यसपछि आफैंले सेटिङ मिलाएर पैसा लिएर पुनःपास गराउने कार्य गर्ने गरिएको छ। यस्तो कार्यबाट प्रत्यक्ष रुपमा सेवाग्राही मानसिक,आर्थिक र सामाजिक रूपमा प्रताडित भइरहेका प्रहरी अधिकारीहरु नै बताउँछन्।जसका कारण मधेश प्रदेशका यातायात कार्यालयहरुमा सेवाग्राही बिनै पैसाको भरमा प्रयोगात्मक परीक्षा समेत पास गराउने काम हुने गरेको पाइएको छ ।
असुलीका कारण सेवामा पारदर्शिता र निष्पक्षता कायम राख्नुपर्ने सरकारी नीतिको खुलेआम उल्लंघन भइरहेको छ।सार्वजनिक सेवा केन्द्रमा प्रहरीकै संलग्नतामा भइरहेको यस्तो खुला भ्रष्टाचार सरकारले वेवास्ता गर्नु गम्भीर भूल हुने जानकारहरु बताउँछन्।उनीहरुका अनुसार भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अख्तियार गरेको भनिने सरकारले यस्ता घटनामा कडा र छिटो कारबाही नगर्ने हो भने त्यसको असर समग्र प्रशासनिक र सुरक्षातन्त्रमाथि पर्ने निश्चित छ।
के छ प्रहरी उपरिक्षक सिलवालको विगत
महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी नायब उपरीक्षक सिलवाल मादक पदार्थ सेवन गरी हुलहुज्जत गरेको आरोपमा निलम्बनमा परेका थिए ।२०७२ सालमा कमलादीस्थित एक रेस्टुराँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेका तत्कालीन प्रहरी नायव उपरिक्षक सिलवाललाई नेपाल प्रहरीका तत्कालीन प्रवक्ता कमलसिंह बमले अनुसन्धान अवधिभरका लागि निलम्बन गर्ने निर्णय गरिएको जानकारी दिएका थिए।सिलवाल कार्यरत आयुक्तको कार्यालयले प्रहरी प्रधान कार्यालयमा कारबाहीका लागि पत्र पठाएकामा गृह मन्त्रालयले उनलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार