पेस्तोलसहति दुई भारतीय नागरिक पक्राउ

2.5k Shares

 सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर शेखटोलबाट  पेस्तोलसहति दुई भारतीय नागरिक पक्राउ परेका छन् । बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरको शसस्त्र प्रहरीको टोलीले गस्ती गर्ने  क्रममा त्रिभुवननगर शेखटोलबाट उनिहरुलाई एकथान पेस्तोल सहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारतको भलुवाहा ग्राम पन्चायत ११ बस्ने ४५ वर्षीय सन्जय कुमार भारती र पुरन्दाहा रजवाडा पश्चमि ग्राम पन्चायत ५, लक्ष्मीपुर बस्ने ४० वर्षीय उमाशंकर महतो रहेको शसस्त्र प्रहरी १० नम्बर हे.क्वा गण कविलासी सर्लाहीले जनाएको छ । 
उनीहरुको साथबाट इटालीएन अटोमेटिक पेस्तोल एक थान र त्यसमा लाग्ने दुई थान म्यागेजिन बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । बिआर ३० एन २०३४ नम्वरको भारतिय मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा झोलामा लुकाएर बोकेको हतयिार बरामद भएको हो । पक्राउ परेका दुवै भारतीयलाई थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको बोर्डर आउट पोष्ट (बिओपी) त्रिभुवननगरका शसस्त्र प्रहरी अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार