Close This

वडा अध्यक्ष अन्सारीको मिलेमतोमा असारमा पनि फुलजोर खोला दोहन

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-२७ गते   १२० पटक हेरिएको

देश संघिय संरचनामा गएपछि निर्वाचित भएका पहिला जनप्रतिनिधिहरु तानाशाही शैलिका देखिएका छन् । लामो समयसम्म कर्माचारी तन्त्रले चलाएको देशमा संघिय संरचना पछि स्थानिय निकायमा निर्वाचित भएर आएका जनप्रतिनिधिहरु तानाशाही भएका हुन ।
वडा सदस्य देखि नगर प्रमुख सम्मका जनप्रतिनिधिहरुका साथै प्रदेश तथा प्रतिनिधि सभाका सदस्यहरु समेत तानाशाही भएका नागरिकको गुनासो छ । आफुहरुको सानो काम गर्न पनि कर्माचारीसंग मिलेर जनप्रतिनिधिहरुले अनावश्यक दुख्न दिने गरेका उनिहरुको गुनासो छ । 
त्यहि तानशाही सैली देखिएको सर्लाहीको  इश्वरपुर नगरपालिका ६ का वडा अध्यक्ष अहमद रहमन अन्सारीमा पनि उनले वडाले निर्णय गरेर वडा नम्बर ६ को मुस्लिम कन्य मदरसाको भवन निर्माण गर्न भन्दै असार साउन र भदौमा पनि नदी दोहनको लागि भनेर सिफारिस गरेका छन् । उनले पुर्व पश्चीम लोकमार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका १७ र इश्वरपुर नगरपालिका ५ को सिमानामा रहेको फुलजोर खोलाबाट गिटी,बालुवा ढुवानी गर्न असार ४ गते सिफारिस गरेका छन् ।
नेपाल सरकारको नियमानुसार असार,साउन र भदौ महिनामा नदीजन्य पदार्थ निकासी पैठारी गर्न नपाउने भएपनि वडा अध्यक्ष अन्सारीले वडा कार्यालयको लेटर प्याडमै सिफारिस लेखेर नेपाल सरकारको निमयलाई उल्लंघन गरेका छन् । भने अहिले पनि उनको सिफारिसका आधारमा ४÷५ वटा ट्याक्टरहरुले नदी जन्य पदार्थ निकासी पैठारी गरि रहेको छ ।
जगको काम सकिएको र जग पुर्न पुरुवा माटो चाहिएको हुँदा आफुले सिफारिस गरेको बताउनु भयो । तर वडा अध्यक्षले खोलाबाट हुरुवा बालुवा निकाल्न सिफारिस गरेका छन् । वडा अध्यक्ष अन्सारीकै मिलेमतोमा असार साउन र भदौमा पनि नदी दोहन भएको छ । वडा अध्यक्ष अन्सारीले प्रमुख जिल्ला अधिकारीसंग सल्लाह गरेर काम गरेको बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech