Close This

माओवादी केन्द्र सिन्धुलीको पार्टी कार्यालय निर्माणका लागि १२ धुर जग्गा खरिद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-४-११ गते   २९०६ पटक हेरिएको

नेकपा (माओवादी केन्द्र) सिन्धुलीको पार्टी कार्यलय भवन निर्माणको लागि जग्गा खरिद भएको छ । सोमबार जग्गा धनी व्यक्तिबाट माओवादी केन्द्र सिन्धुलीको नाममा जग्गा पास गरिएको हो ।
पार्टी कार्यलय भवन निर्माणको लागि कमलामाई नगरपालिका –०६ स्थित २ नम्बर बजार मा १२ धुर जग्गा असार १२ गते बैना गरिएको थियो। ‘अब भवनको नक्सा पास गरेर १ हप्ता भित्रमा निर्माणको काम अगाडि बढ्छ ’ माओवादी केन्द्र सिन्धुलीका अध्यक्ष लेखनाथ दाहाल (राजन)ले बताउनु भयो । भवन निर्माणको लागि १२ धुर जग्गा रु ७१ लाख ५० हजारमा खरिद गरिएको नेकपा(माओवादी केन्द्री सिन्धुलीले जनाएको छ । 
पार्टी कार्यलय भवन साढे तीन तलाको निर्माण गरिने भएको छ। जसमा पहिलो तलामा मिटिङहल रहने, दोस्रो तला रोडसँग जोडिने भएकाले व्यवसायिक हिसाबले सटरहरु राखिने, तेस्रो तलामा पार्टी अफिस, शिक्षक अफिस राखिने र अन्तिम तलामा खाने बस्ने व्यवस्था गरिने अध्यक्ष दाहालले बताउनु भयो । भवन निर्माणको लागि माओवादी पार्टी प्रति आस्था र विश्वास भएका व्यक्ति नेता कार्यकर्ताहरुबाट नै आर्थिक संकलन गरिने उहाँले बताउनु भयो । ‘जग्गा खरिद गर्न पार्टीका शुभेच्छुकहरूबाटै आर्थिक संकलन भएर खरिद कार्य सम्पन्न गरियो, अब भवन निर्माणको लागि आर्थिक संकलन गर्न सुरु गरिएको छ’ अध्यक्ष दाहालले कमलामाई मिडिया प्रालीलाई बताउनु भयो । देश तथा विदेशबाट पार्टीप्रति आस्था र विश्वास भएका विभिन्न क्षेत्रमा रहनु भएका शुभेच्छुकहरूसँग आर्थिक संकलन भइरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech