प्रदेश न २ को महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रालयले आफ्नो कार्यकक्ष पाएको छ । मन्त्रालय विभाजन भएपछि कार्यालय व्यावस्थापन नहुँदा कार्यकक्षको अभावमा मन्त्रालयले आफ्नो गतिविधि सहज रुपमा सञ्चालन गर्न सकिरहेको थिएन ।
मन्त्रालयले आफ्नो कार्यकक्ष पाएपछि मन्त्री बिरेन्द्र प्रसाद सिंह आफ्नो मन्त्रालयको कार्यकक्षमा प्रवेश गर्नु भएको छ । प्रदेश २ को भौतिक पर्र्वधार मन्त्री रामसरोज यादबको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मन्त्री सिंह आफ्नो कार्यकक्ष प्रवेश गर्नु भएको उहाँका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिनु भयो ।
प्रदेश २ को खानेपानी तथा उर्जा मन्त्री ओम प्रकाश शर्मा,प्रदेश २ का विभिन्न मन्त्रालयका सचीव, नीति आयोग प्रमुख ,प्रदेश लोक सेवा आयोगका प्रमुख लगायतको आतिथ्यतामा भएको एक कार्यक्रमका विच मन्त्री सिंह आफ्नो कार्यकक्ष प्रवेश गर्नु भएको हो ।