Close This

ट्राफिक प्रहरी सई महतोको दादगिरी,व्यावसायी माथी आफैँले आक्रमण गर्न लगाए

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-६-२ गते   २८४३ पटक हेरिएको

सर्लाहीमा पछिल्लो समय ट्राफिक प्रहरीको ज्यादती शुरु भएको छ । भरखरै सरुवा भएर आएका ट्राफिक प्रहरी प्रमुखहरुले आफुखुसी सवारी पार्किङ्ग गर्न लगाउने र जहाँ पनि सवारी पार्किङ्ग गर्दा आफ्नो स्थायी संरचनामा व्यापार व्यावसाय गरि रहेका स्थानिय व्यापारी व्यावसायीहरु मारमा परेका छन् ।
अटो रिक्सा, मयुरी,सिटी रिक्सा र म्याजीकहरुलाई ट्राफिक प्रहरीले आफ्नो खुसीले जहाँ पनि पार्किङ्ग गर्न लगाउने,आफुहरुलाई समस्या हुन्छ भन्दा समस्या हुने भए सटर बन्द गर्नु भन्दै दादागिरी शैलीमा अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीका प्रमुख सई उमेश महतो प्रस्तुत हुनु भएको स्थानिय व्यापारी विष्णु खड्काले बताउनु भयो । 
मुख्य सडकको छेउमै सवारी पार्किङ गर्न लगाउने र यातायात व्यावसायीहरुले आफ्नो स्थायी संरचनामा रहेको व्यापार व्यावसाय माथी असर पर्ने गरी सवारी पार्किङ गर्दा मौन वस्ने,सई महतोको उपस्थितिमा नै यातायात व्यावसायीहरुले आफ्नो व्यापार व्यावसाय माथी ढुंगामुढा प्रहार गर्ने र ट्राफिक प्रहरी सई महतोले सवारी पार्किङ्ग स्थाल नै नभएको र मुख्य चोक मै सवारी पार्किङ्ग गर्न लगाउने गरेका कारण लालबन्दी क्षेत्रमा सवारी दुर्घटना बढ्नुको साथै मानविय दुर्घटना हुने भन्दै स्थानिय व्यापारी ,व्यावसायीहरुले चिन्ता व्यक्त गरेका छन् ।
साथै आफुहरुले ट्राफिक प्रहरीको अगाडी नै यातायात व्यावसायीहरुबाट आफुहरुमाथी आक्रमणको प्रयास भयो । आफ्नो व्यापार व्यावसाय माथी ढुंगामुढा भयो भनी केही मिडियाहरुलाई जानकारी गराउँदा आफुहरु माथी ट्राफिक प्रहरी साई महतो आक्रामक रुपमा प्रस्तुत हुनु भएको व्यापारी,व्यावसायीहरुको गुनासो छ । उनिहरुका अनुसार ट्राफिक प्रहरी सई महतोले ती विषयहरु र सिसिटिभि फुटेज पत्रकारलाई किन देखाएको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।
यता, तपाईको उपस्थितिमा यातायात व्यावसायीहरुले स्थायी संरचना भएका व्यापारी,व्यावसायीहरुमाथी आक्रमणको प्रयास गर्नु भएछ ? मुख्य सडक र चोकैमा तपाईले सवारी पार्किङ्ग गर्न लगाउनु भएछ ? दुर्घटना पनि बढ्लान नी भनी जिज्ञासा राख्दा ट्राफिम प्रहरी सई महतोले आफु इनिस्पेक्टर हुने लाईनको मानिस रहेको र आफुलाई लालबन्दीमा १ दिन पनि वस्नु नरहेको बताउनु भयो । उहाँले मलाई लालबन्दीमा १दिन पनि वस्नु छैन । म प्रहरी निरिक्षकको लाइनको मानिस हुँ तपाईहरुले के देख्नु हुन्छ त्यहि गर्नुस,लेख्नुस । मलाई केही फरक पर्दैन किनकी म प्रदेशको एसपी सावले पठाएर आएको हो । तपाईहरुलाई लागेको होला जिल्लाबाट इनिस्पेक्टरले पठाएरको हो  तर्सीन्छ भन्ने तर त्यो झुट हो कोही आउन नमानि रहेको अवस्थामा एसपी सावले जा जेमन लाग्छ त्यहि गर भनेर पठाउनु भएको हो । मलाई तपाईहरुको डर छैन । प्रहर िसई महतोले बताउनु भयो ।
विगत लामो समय देखिको सवारी पार्किङ्गको समस्या लालबन्दी क्षेत्रमा रहँदै आएको छ । भने पुर्व पश्चीम लोकमार्गको छेउमैसवारी पार्किङ्ग गर्नु पर्ने व्याध्यता पनि रहेको छ। जसका कारण मानविय दुर्घटना तथा सवारी दुर्घटनाहरु बढी रहेका छन् । लालबन्दी नगर क्षेत्रमा उचित पार्किङ्गको व्यावस्था नहुँदा यातायाता व्यवासायीहरु पनि मारमा परको छन् भने पैदलयात्रीहरु पनि मारमा परेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech