कांग्रेस सर्लाही १ मा मतगणना जारी,३ मा आज मतदान, २ मा अधिवेशन स्थगित

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२२ गते   ५४ पटक हेरिएको


नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ को अधिवेशनमा अहिले मतगणना चलिरहेको छ । क्षेत्र नम्बर १ मा संस्थापनबाट कुवेर आचार्य र संस्थापनइतरबाट हरि लुंगेली सभापतिको उम्मेदवार छन् ।
यो समाचार  तयार पर्दा सम्म जारी रहेको मतगणनामा दुवै पक्षले मिश्रित नतिजा ल्याइरहेका छन् । यस्तै,क्षेत्र नम्बर ३ को  बरहथवामा क्षेत्रीय अधिवेशन बुधवार(आज) मतदान हुँदै छ । मंगलबार त्यहाँ राती अबेरसम्म उम्मेदवारहरुको मनोनयन दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उता, क्षेत्र नं. २ को मलंगवामा हुने भनिएको अधिवेशन अझै विवादीत बनेको छ । त्यहाँ मंगलबार निर्वाचन अधिकृतले मतदान अधिकृत बिरामी परेको भन्दै बुधबार(आज)का लागि अधिवेशन सानृु भएको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech