Close This

सर्लाहीका सुकुम्बासीको जाडो याममा पनि तिरपाल मुनि बास

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-८-२७ गते   १०३६ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी पुनरवासका दलित परिवार तिरपाल मुनि बस्न बाध्य भएका छन । प्रदेश नं २ सरकारले जनता आवास कार्यक्रम अन्तरगत दलित परिवारलाई दिने भनिएको घर स्थानीय निर्माण समितिले बनाउन ढिला सुस्ती गर्दा दलित परिवार तिरपाल मुनि बस्न बाध्य भएका हुन् । 
निर्माण समितिको ढिला सुस्तीका कारण आफूहरु तिरपाल तानेर बस्नु परेको पीडितहरुकोगुनासो छ । वर्षात मै पुरानो घर ढलिसकेको र जाडोयाम सुरु भईसकेको भएपनि जनता आवास मार्फत निर्माण भएको घरमा न्याँनोमा बस्नेआश बोकेका पुनरवास बासीकोअहिले बिचल्ली भएको छ । ‘बाल बच्चा सहित चिसोका कारण रातभरि जाग्राम बस्नु परेको छ,भएको सानो घर वर्षामा ढल्यो,जाडोमा त जनता आवासलेनिर्माण गरि दिएको घरमा बस्न पाईन्छ भन्ने आश थियो त्यो पनि आशमै सिमित भयो । ’नारद पासवानले गुनासो गर्नु भयो ।
निर्माण समितिको हेलचक्राईका समस्यामा आफुहरु परेका लालबन्दी नगरपालिका २ जुटपानी पुनरवासकी गिता देवी पासमानकोगुनासो छ । विगत २ वर्ष देखि घर पाउने आशमा रहेकी उनले निर्माण समितिको लार्पबाहिका कारण आफुहरु समस्यामा परेको उनको गुनासो छ । दुई वर्ष अघि देखि नै घर पाईन्छ कि भन्ने आश थियो तर घर पाउन सकेको छैन, उनले भनिन्,‘अन्तत चर्को व्याजमा रु ४ लाख ऋण लिएर आफैले घर बनाउनु प¥यो । ’उनले रासससंग गुनासो गरिन । 
पुनरवासमा भत्केको घर नबन्दा त्रिपाल मुनि दलितको जनजीवन कष्टकर बनेको छ । प्रदेश सरकारको जनता आवास कार्यक्रम अन्तरगत लालबन्दी नगरपालिकामा मात्रै १ हजार ५ सय घर विपन्न तथा दलितलाई बनाईदिने योजना रहेकोथियो । ५ सय घर बनाउने सम्झौता समेत भईसकेको जनता आवास कार्यक्रम कार्यान्वयन ईकाई सर्लाहीले जनाएको छ ।
५ सय घर सम्झौता मध्ये १ सय ९ वटा घर मात्र निर्माण भएका छन् । बाकी रहेका घरहरु मध्ये २ सय २६ घरमा जस्ता राख्ने काम भईरहेको, ७७ वटा घर सिल लेवल सम्म काम भएको र ३८ वटा घरमा लिंटर सम्म मात्र काम सकिएको छ । जनता आवासको घर निर्माण स्थानीय स्तर मै उपभोक्ता समिति र निर्माण समिति बनाएर हुने गरेको छ । घर बन्ने क्रममा ३ किस्तामा निर्माण समितिले पैसा पाउने छन । स्थानीय स्तरमा निर्माण समितिको बदमासी र योजना कार्यान्वय इकाईले निगरानी नगरेका कारण समस्या उत्पन्न भइरहेको स्थानीयको आरोप छ ।
त्यस्तै जनता आवास कार्यक्रम ल्याएको बताउँने सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य प्रमोद साहले निर्माण समितिमा आफ्ना मान्छे राख्ने रआफु अनुकुल काम गर्न निर्देशहन दिएका कारण पनि समस्या सृजना भएको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनु भयो । उहाँका अनुसार निर्माण उपभोक्ता समितिलाई निर्माण सामाग्री माननिय साहले आफुने सम्पर्क गरेको स्थानबाट ल्याउन,आफुलाई कमिसन दिन दवाव दिएका कारण पनि निर्माण उपभोक्ता समितिले सोचे अनुसारकाम गर्न नपाएको हो । तर माननिय साहले आफुहरुलाई आरोप लगाएर स्थानिय निर्माण उपभोक्ता समिति उम्कीन खोजेका बताउनु भयो । 
प्रदेश सरकारले गरीब,दलित,विपन्नको सुरक्षित आवाज बनाउने योजनामा अनियमितता गरेको स्थानियको आरोप छ  । जनता आवास कार्यक्रम अन्तर्गत निर्माण गर्नु पर्ने आवासको कार्यमा प्रदेश सकारका जनप्रतिनिधिहरुले व्यापक चरम अनियमितता गरेको कारण आवास निर्माणबाट बन्चित हुनु परेको उनिहरुको गुनासो छ ।
गत आर्थिक वर्षमा दलित समुदायको घर निर्माण अधुरो रहेकोले लाभग्राहीहरुलाई समस्या भएको छ । दलित आवास पाउने र आफुहरुको वास त्रिपाल मुनी नहुने आशमा रहेका दलितहरुले प्रदेश सरकारको चरमभ्रष्टाचार विरुद्धबोल्ने बेला भएको भन्दै आधmोस पोख्न थालेका छन् ।
उनिहरुले आफुहरुलाई आवासको व्यवस्था हुनुपर्ने, राज्यको हरेक नियकमा दलितको जनसंख्याको अनुपातमा आरक्षणको व्यवस्था गर्नुपर्ने, संवैधानिक मौलिक हकको रुपमा रहेको जातिय छुवाछुत गर्न नहुने  तथा आवास निर्माणको हक पूर्ण कार्यन्वयन हुनुपर्ने, आवास निर्माणको रकम फ्रिज गराउनेलाई कारवाही हुनुपर्ने, आवास निर्माणमा भैरहेको अनियमितताको अबिलम्भ छानविन हुनुपर्ने, कमिसनमा भुक्तानी दिने कार्य बन्द गरि बाँकी रकम तत्काल भुक्तानी दिनुपर्ने, निर्माणाधीन अवस्थामा रहेको घरको निर्माण कार्य अघि बढाउनु पर्ने र दलित युवालाई सिप तथा रोजगारीको व्यवस्था गर्नु पर्ने माग राखेरआफुहरु आन्दोलनको तयारीमा रहेको सतिस रामले बताउनु भयो ।
जिल्लाका विभिन्न स्थानमा निर्माणाधिन अवस्थामा रहेको जनता आवास योजनाको कार्य अधुरो रहेका कारण दलित परिवारलाई उठिवास भएको छ । लालबन्दी नगरपालिकामा चलेको दलित आवास कार्यक्रम अन्र्तगत प्रदेश सरकारबाट निर्माण हुदै गरेको घरको स्तरीयता नै नभएको र कमिशनको कारण घर निर्माणको काम अधुरो अवस्थामा रहेको लालबन्दी नगरपालिका ५ का वडा अध्यक्ष मोहन भण्डारीले बताउनु भयो ।उहाँका अनुसार सत्ता पक्षका सांसदहरु , मन्त्रीहरु र राज्य मन्त्रिहरु कमिशनको खेलमा लागेका कारण गरिव दलित विपन्न परिवारहरु सुरक्षित आवासबाट बन्चित भएकाछन् ।
प्रदेश सरकारको मातहतमा रहेका कार्यालयहरुमा बढी अनियमितता बढेको लालबन्दी नगरपालिकाका नगर प्रमुख मान बहादुर खड्काले बताउनुभयो । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत जिल्लाका विभिन्न ठाउमा निर्माण गरिएको शौचालय निर्माणमा अनियमितता , कृषि उपकरण वितरणमा अनियमितता , चराकटर , पम्पी सेट वितरण , ट्रेक्टर वितरण कार्यकर्ता मुखी बढी केन्द्रित रहेको उहाँको आरोप छ ।
प्रदेश सरकारले सरकारकामन्त्री तथा मुख्य मन्त्रीहरुको नाम र फोटोराखेर ठुला ठुला होर्डिङ्ग वोर्ड राखेको खर्च बढाएको तर गरीव दलित जनता र युवाहरुका लागि केही गर्न नसकेको नेपाली कांग्रेसका नेता मनोज बख्रेलले बताउनुभयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech