एमसिसि विरुद्ध नेपाल कम्युनिष्ट पार्टी सर्लाहीको विरोध प्रदर्शन,एमसिसि पास गर्ने नेतालाई देश निकाला गर्ने चेतावनी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-९-६ गते   २५१८ पटक हेरिएको

नेत्र विक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्र्टी सर्लाहीले एमसिसि विरुद्ध विरोध प्रदर्शन गरेको छ । वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवा,पुर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई,लोकतान्त्रिक समाजवादी दल लगायतले एमसिसि पास गर्ने योजना बनाएको भन्दै नेपाल कम्युनिस्ट पार्र्टी सर्लाहीले त्यसको विरुद्ध विरोध प्रदर्शन गरेको युवा संगठन नेपालका केन्द्रिय सचिबालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज  विचारमान थिङले जानकारी दिनु भयो । उहाँका अनुसार जनताको पुर्ण बिरोध रहेको समयमा प्रधानमन्त्री समेतले एमसिसि पासगर्ने योजना बनाउनु राष्ट्रघाती निर्णय हो । 
विरोध र्याली पछिको कोणसभालाई सम्बोधन गर्दै थिङले एमसिसि पासगरे जसलेजसलेएमसिसि पासगर्छन । उनिहरुलाई देश छोड्नु बाध्य पारिने बताउनु भयो ।  नेपालीलाई दास बनाउने र नेपालका प्राकृतिक श्रोत साधनहरुको दोहन गर्न एमसिसि मार्फत अमेरिका नेपाल आउन लागेको नेपाल कम्युनिष्ट पार्टीको आरोप छ । नेपालको दलाल सरकार र दलाल नेताहरुका कारण एमसिसि नेपाल ल्याउन लागेको भन्दै एमसिसि ल्याएमा एमसिसि ल्याउने सरकार वा नेतालाई पार्टीले जनकार्बाही गरि देश निकाला गर्ने नेपाल कम्युनिष्ट पार्टीले चेतावनी दिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्का अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ केन्द्रिय सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज पदम मगरले भूमिहिन,सुकुम्बासीहरुले लालपुर्जा नपाए सम्म कुनै पनि जनप्रतिनिधिलाई भोट नहाल्न आग्रहगर्नु भयो । संसदिय व्यवस्था खारेजी गरि जनताको व्यवस्था चुन्ने चुनावमा मात्र भोट हाल्न उहाँले आग्रह गर्नु भयो । कार्यक्रममा युवा संगठन नेपालका केन्द्रिय सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज थिङ,अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघ केन्द्रिय सचिवालय सदस्य तथा २ नम्बर प्रदेश इन्चार्ज मगर,अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महासंघका सर्लाही जिल्ला अध्यक्ष सर्मिला तामाङ लगायतको विशेष उपस्थितीमा बागमती नगरपालिका ५ टोकानी बजारमा एमसिसि विरुद्धको विरोध प्रदर्शन भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech