Close This

कारागारलाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१३ गते   ३७८ पटक हेरिएको

 कमलामाई नगरपालिकाले सिन्धुली कारगार लाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको छ ।गरपालिकाले कारागारका बस्ने कैदीबन्दी र कर्मचारीहरुको लागि माक्स र स्यानिटाइजर लागयत स्वास्थ्य सामाग्रीहरु सहयोग गरेको हो ।

शनिबार नगर प्रमुख खड्ग बहादुर खत्री र प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले संयुक्त रुपमा सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई माक्स र स्यानिटाइजर हस्तान्तरण गरेका थिए ।

कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरिएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जनता अन्लाइन खबर लाई जानकारी दिनुभयो ।हालः सिन्धुली कारागारमा २२८ कैदीवन्दीहरु रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech