सर्लाहीका अधिकांश स्थानिय निकाय भाडाको भरमा,

3.4k Shares

स्थानिय निकायको निर्वाचन भएको करिब ५ वर्ष पुग्नै लाग्दा पनि सर्लाहीका अधिकांश स्थानिय निकायका आफ्ना भौतिक संरचना तयार भएका छैनन् । देशभरमा सबै भन्दा धेरै २० स्थानिय निकाय रहेको सर्लाहीमा  ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी २० स्थानिय निकाय रहेका छन् जसमा २ सय वटा वडाहरु रहेका छन् ।
९९ गाविस र एक नगरपालिका मिलेर २० स्थानिय निकाय र २ सय वटा वडा बनेको सर्लाहीमा अधिकांश वडा कार्यालयहरु भाडाका घरबाटै सञ्चालनमा रहेका छन् । एक सय वटा वडाहरु पुराना गाविस कार्यालयका भवनबाट आफ्ना सेवा प्रवाह गरि रहेका छन् भने ५७ वटा वडा कार्यालयहरु अहिले पनि भाडाको घरबाट सेवा प्रवाह गरि रहेका छन् । संघिय संरचनाका पहिला जनप्रतिनिधिहरु निर्वाचित भएर आएको करिब ५ वर्ष पुग्नै लाग्दा पनि जम्मा ४३ वटा वडा कार्यालयहरु मात्र निर्माण भएका छन् भने गाउँपालिका र नगरपालिका गरी ११ वटा स्थानिय निकायका आफ्नै प्रशासनिक भवन निर्माण हुन सकेका छैनन् । 
जिल्लामा २० स्थानिय निकायमा २ सय वटा वडाहरु रहेकामा इश्वरपुरका १५ मध्य ५,मलंगवाका १२ मध्य ५,लालबन्दीका १७ मध्य ६,हरिपुरका ९ मध्य ३,हरिपुर्वाका ९ मध्य ४ हरिवनका ११ मध्य १,बरहथवाका १७ मध्य १,बलराका ११ मध्य १,गोडैताका १२ मध्य ६,कविलासीका १० मध्य १,चक्रघट्टाका ९ मध्य १,चन्द्रनगरका ७ मध्य १,धनकौलका ७ वटै,ब्रम्हपुरीका ७ मध्य २,रामनगरका ७ मध्य २,विष्णुका ८ मध्य ५,पर्साका ६ मध्य २ र बसबरियाका ६ मध्य १ वटा वडा कार्यालयहरु गरी ५७ वटा वडा कार्यालयहरु अहिले पनि भाडा मै सञ्चालीत रहेका छन् । भने जिल्लाको बागमती नगरपालिकाका १२ वटै वडा कार्यालयहरुका आफ्नै भवन छन् भने धनकौल गाउँपालिकाका ७ वटै वडा कार्यालयहरु आफ्ना भाडाका घरबाट सञ्चलानमा रहेका छन् ।
२० स्थानिय निकायमा २ सय वटा वडाहरुमा इश्वरपुरका १५ मध्य २,मलंगवाका १२ मध्य २,लालबन्दीका १७ मध्य ४, बरहथवाका १७ मध्य १०,गोडैताका १२ मध्य १,कविलासीका १० मध्य ५,चक्रघट्टाका ९ मध्य २,चन्द्रनगरका ७ मध्य २,ब्रम्हपुरीका ७ मध्य ३,रामनगरका ७ मध्य १ र कौडेना गाउँपालिकाका ७ वटा वडा मध्य ३ वटा वडा कार्यालयहरु जनप्रतिनिधिहरु आएपछि निर्माण भएका छन् । भने हरिपुर,हरिपुर्वा,बलरा,विष्णु,पर्सा र बसबरिया गाउँपालिकाले एउटा पनि नयाँ भवन बनाएका छैनन् । त्यसैगरी धनकौला गाउँपालिकाका सबै ७ वटै वडा कार्यालयहरु भाडाका घरमा सञ्चालनमा रहेका छन् ।
जिल्लाको इश्वरपुर नगरपालिका,हरिपुर नगरपालिका,हरिवन नगरपालिका,बरहथवा नगरपालिका बागमती नगरपालिका,धनकौल गाउँपालिका,ब्रम्हपुरी गाउँपालिका,कौडेना गाउँपालिका र पर्सा गाउँ पालिकाका आफ्नै प्रशासनिक भवन निर्माण भएका भएपनि जिल्लाकै सबै भन्दा पुरानो नगरपालिका मलंगवा नगरपालिकाको समेत आफ्नो प्रशासनिक भवन निर्माण भएको छैन ।
लालबन्दी नगरपालिकाको प्रशासनिक भवन निर्माणको चरणमा ठेकेदार फरार भएका कारण भवन निर्माण कार्य अलपत्र परेको छ भने मलंगवा नगरपालिकाको प्रशासनिक भवन निर्माणाधिन अवस्थामा रहेको छ । त्यसैगरी हरिपुर्वा नगरपालिकाको प्रशासनिक भवन निर्माणको लागि भन्दै जग्गा खोज्ने काम भई रहेको छ । बलरा नगरपालिकामा जनप्रतिनिधिहरु वीच नै विवाद भएका कारण नगर प्रम्ुख अभय कुमार सिंहले नगरपालिकाको प्रशासनिक काम आफ्नै घरमा कार्यालय राखेर गरि रहेका छन् । यता, कविलासी नगरपालिकाले नगरको प्रशासनिक भवन निर्माणका लागि भन्दै जग्गा खोज्ने काम सकेको छ । गोडैता नगरपालिका,चक्रघट्टा गाउँपालिका र रामनगर गाउँपालिकाका साथै बसबरिया गाउँपालिकाले अहिले सम्म पनि आफ्नो स्थानिय निकायको प्रशासनिक भवन निर्माण गर्न कुनै चासो देखाएका छैनन् ।
देश संघिय संचनामा गएपछि बनेका गाउँ गाउँका सिंह दरवारको आफ्नै दरबार निर्माण नहुँदा सेवा प्रवाहमा निकै सास्ती हुनुका साथै गाउँ गाउँको सिंहदरवारका आफुलाई सिंह सम्झने जनप्रतिनिधिहरु वीच नै स्थानिय निकाय भित्रका निर्माण कार्य र ठेक्का पट्टा लगायत स्थानिय निकायको बजेट बाँडफाँडमा भागवण्डा नमिल्दा मनमुटाव देखिएपछि नागरिकले गाउँ गाउँको सिंहदरवारको अलिकति पनि महसुस गर्न पाएका छैनन् । 
स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले देशभरको कुनै पनि स्थानिय निकायको कार्यालय लामो समय सम्म भाडामा राख्न नपाउने, स्थानिय निकायले भाडामा सवारी साधन प्रयोग गर्न नपाउने र निमिक्त कर्माचारी राख्न नपाउने व्यावस्था गरेको भएपनि जिल्लाका अधिकांश स्थानिय निकायले आफ्नो प्रशासनिक भवन भाडामा,सवारी साधन भाडामा र निमित्त कर्माचारी राखेर काम गरि रहेका छन् ।

सम्बन्धित समाचार