नेपाल मोबाइल व्यवसायी महासंघ सर्लाहीको जिल्ला कार्य समिति गठन भएको छ । जिल्लाभरका मोबाइल व्यवसायीहरुको भेलाबाट आकाशकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति चयन गरिएको नव गठित समितिका कोषाअध्यक्ष खेमचन्द्र थापा(कौशल)ले जानकारी दिए ।
उनका अनुसार नव गठित समितिको उपा अध्यक्षमा लालबाबु साह,महासचिवमा बैजु साहसह कोषाध्यक्ष विजय कुमार लामा सचिवमा रामप्रवेश साह रौनियार सहित १७ सदस्यीय कार्य समिति सर्व सहमत चयन गरिएको हो ।
त्यसैगरी,रामविश्वास महतो,उत्तम कुशवाहा,हसरत अली,पप्पु साह,पदम घिमिरे,अर्जुन कुमार महतो,विकास बराल,ग्रिवराज त्रिपाठी,मन्देश्वर कुशवाहा,दीपेन्द्र महतो र समर लामा नवगठित समितिको सदस्यमा चयन भएका छन्।नेपाल मोवाइल व्यवसायी महासंघ मधेश प्रदेशका अध्यक्ष मोहन कार्कीको अध्यक्षता तथा महासंघका केन्द्रीय सदस्य छतेन्द्र आचार्यको प्रमुख आतिथ्यतामा लालबन्दी नगरपालिका १३ पत्थरकोटमा शनिबार भेला सम्पन्न भएको हो ।