सर्लाहीको धनकौल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले जित निकालेका छन् ।धनकौल गाउँपालिकाका निवर्तमान अध्यक्ष समेत रहको कांग्रेसका राम आश्रय शाह र उपाध्यक्षमा अकली सहनी विजयी हुनु भएको हो । विजयी गाउँपालिका अध्यक्ष शाहले ४ हजार ४ सय ७७ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा(माओवादी केन्द्र)का उम्मेदवार फकिरा महतोले ३ हजार ३ सय ७८ मत प्राप्त गर्नुभयो ।
गाउँपालिकाको निवर्तमान उपा अध्यक्ष समेत रहेकी कांग्रेसकै अकली सहनी ४ हजार ५ सय ४ मतका साथ विजयी हुनु भएको हो । भने उहाँकी निकटम् प्रतिद्वन्दी माओवादी केन्द्रकी निलम देवी सहनीले ३ हजार २ सय २५ मत प्राप्त गर्नुभयो ।
७ वटा वडा रहेको धनकौल गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका गौरी शंकर महतो ६ सय ९४ मत, वडा नम्बर २ मा नेपाली कांग्रेसका राम बहादुर सहनी १ हजार ४ सय ९९ मत, वडा नम्बर ३ मा नेकपा एमालेका अशोक कुमार यादव ५ सय २४ मत, वडा नम्बर ४ मा नेपाली कांग्रेसका नरेन्द्र राय यादव ७ सय १ मत, वडा नम्बर ५ मा नेकपा(माओवादी केन्द्र)का गजेन्द्र महतो ५ सय ५३ मत, वडा नम्बर ६ मा नेकपा (माओवादी केन्द्र)का श्याम बाबु साह ४ सय ५ र वडा नम्ब ७ मा नेपाली कांग्रेसका राम लखन राय ८ सय ४ मत ल्याउँदै वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ ।