Close This

बागमती ९ निर्माण चोकमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१८ गते   २१४ पटक हेरिएको

सर्र्लाहीको बागमती नगरपालिका ९ मा भएको मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । बागमती नगरपालिका ९ निर्माण चोकमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाईकलका चालकको ज्यान गएको हो ।
बागमती नगरपालिका ९ निर्माण चोकबाट सोल्टीतर्फ गइरहेको बा. ४४ प. ८८३३ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई पल्टिँदा बागमती नगरपालिका ९ निर्माण चोक निवासी अन्दाजी २० वर्षीय मोटरसाईकल चालक हिरामन महराको ज्यान गएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।  प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका महरालाई हरिवनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुरतर्फ लाने क्रममा बाटो मै ज्यान गएको हो ।
प्रत्यक्षदर्शीले दुर्घटनामा परेको मोटरसाइकल अत्यन्तै तीव्र गतिमा चलाइएको बताएका छन्। मोटरसाइकललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान जारी राखेको प्रहरीले जनाएको  छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech