Close This

सशस्त्र प्रहरी मधेश प्रदेशद्धारा ३ करोडभन्दा बढी स्रोत नखुलेको रकम बरामद

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-१४ गते   १७०५ पटक हेरिएको

सशस्त्र प्रहरी मधेश प्रदेशले आर्थिक वर्ष ०७८÷०७९ मा स्रोत नखुलेको रु ३ करोड भन्दा बढी रकम बरामद गरेको छ । मधेस प्रदेशका ८ जिल्लाबाट शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनी र प्रदेशका ८ जिल्लामा रहेका कार्यालयहरुबाट गएको आर्थिक वर्ष ०७८÷०७९ मा स्रोत नखुलेको रु ३ करोड २० लाख ३६ हजार बरामद गरेको शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनी पति सशस्त्र प्रहरी नायव महानिरीक्षक(डिआईजी) गणेश बहादुर ठाडा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीले स्रोत नखुलेको १७ लाख ६१ हजार भारतीय समेत बरामद् गरेको छ ।
शसस्त्र प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ सबैभन्दा धेरै धुनषाबाट बरामद् गरेको छ । शसस्त्र प्रहरी बल नेपाल नम्बर ८ हे.क्वा गण धनुषाले आर्थिक वर्ष ०७८÷०७९ मा स्रोत नखुलेको रु ९७ लाख ४ हजार ५ सय बरामद गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर ८ हे.क्वा गण धनुषाका शसस्त्र प्रहरी प्रमुख शसस्त्र प्रहरी उपरिक्षक प्रकाशराज सुवेदीले जानकारी दिनु भयो ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर ११ हे.क्वा गण रौतहट तथा बाहिनीकै सक्रियतामा विभिन्न ठाउँबाट रु ४९ लाख ५१ हजार, नम्बर ९ गण हेडक्वाटर महोत्तरीले रु ४४ लाख २४ हजार, नम्बर १० गण हेडक्वाटर सर्लाहीले रु २३ लाख ८३ हजार  स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद् गरेका शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा गण सर्लाहीका गणपति शसस्त्र प्रहरी उपरिक्षक भरत खँनियाँले जानकारी दिनुभयो ।
यसैगरी नम्बर ७ गण हेडक्वाटर सिराहाले रु १४ लाख २८ हजार, नम्बर १३ गण हेडक्वाटर पर्साले रु १२ लाख र नम्बर १२ गण हेडक्वाटर बाराले जम्मा रु ६४ हजार स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद् गरेको शसस्त्र प्रहरी छिन्नमस्ता बाहिनीका बाहिनीले जनाएको छ ।
यता,नम्बर १३ गण हेडक्वाटर पर्साले रु ६ लाख भारतीय रुपैयाँ पनि बरामद् गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १३ हे.क्वा गण पर्साका गणपति शसस्त्र प्रहरी उपरिक्षक तेज पोख्रेलले जानकारी दिनुभयो । धनुषा र महोत्तरीले समान  ४÷४ लाख स्रोत खुल्न नसकेको भारतीय रुपैयाँ बरामद गर्दा बाराले ३ लाख र सर्लाहीले ४९ हजार स्रोत नखुलेको रकम बरामद् गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech