ईश्वरपुर नगरपालिकाद्वारा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयका १० विद्यार्थीलाई सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-२६ गते   ३५५३ पटक हेरिएको

नगरका सामुदायिक विद्यालयका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गर्नु हुँदै नगर प्रमुख आचार्य

सर्लाहीको ईश्वरपुर नगरपालिकाले जिल्ला मै पहिलो पटक नगर भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगर भित्र रहेका सामुदायिक विद्यालयहरुबाट २०७८ सालको एसईई परिक्षामा सहभागी भएर उत्कृष्ट अंक ल्याई पास गरेका १० जना विद्यार्थीहरुलाई  नगरपालिकाले जिल्ला मै पहिलो पटक सम्मान गरेको हो ।
सामुदायिक विद्यालयबाट सहभागी भएर  एसईई परीक्षामा उत्कृष्ट अंक ल्याएका उनीहरुलाई भोलिका दिनमा शैक्षिक स्तरोउन्नतीको लागि प्रेरणाा मिलोस भनेर सम्मान र प्रमाण पत्र प्रदान गरिएको नगर शिक्षा शाखा प्रमुख हरि दाहालले बताउनु भयो ।उहाँका अनुसार नगर भित्रका सरस्वती माध्यामिक विद्यालयका प्रकृति कार्की र बादी मिस्त्री,नारायण माध्यामिक विद्यालयका सन्जय कुमार महतो,सोनिया रौनियार,सरस्वती माध्यामिक विद्यालयका विरेन्द्र कुमार महतो,विशाल कापर,नारायण माध्यामिक विद्यालयका प्रेक्षा न्यौपाने,जनता माध्यामिक विद्यालयका नविन कुमार यादव,आर्यान कुशबाह र प्रिती कुमारीलाई सम्मान गरिएको हो । 
सम्मानीत हुने विद्यार्थीहरुले २०७८ सालको एसईईमा ३ जिपिए भन्दा बढी अंक ल्याएका छन् । नगरपालिकाको सभाहलमा भएको सम्मान तथा बधाई कार्यक्रममा नगर प्रमुख मनोज कुमार आचार्यले देशका उत्कृष्ट कलेजमा पढ्न चाहने विद्यार्थीहरुलाई समन्वय गर्ने र नगर भित्रका सामुदायिक विद्यालयमा अध्यायनरत न्युन आयस्रोत भएका विद्यार्थीहरुलाई छात्रावृतिको समेत व्यावस्था गरिने बताउनु भयो । उहाँले सम्बन्धित विद्यालयबाट नगर शिक्षा शाखा मार्फत विद्यार्थीहरुको आर्थिक अवस्था उल्लेख गरि पत्र आएमा उनीहरुलाई  नगरपालिकाबाट उचित छात्रवृत्तिको व्यावस्था गरिने बताउनु भयो । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगर भित्रका सामुदायिक विद्यालयहरुका प्रधानाध्यापक र विद्यालय व्यावस्थापन समितिका अध्यक्षहरुको उपस्थिती रहेको हो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech