Close This

बागमती सेवा समाजद्धारा ४ स्थानिय निकायलाई स्वास्थ्य सामाग्री सहयोग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-३१ गते   ३८० पटक हेरिएको

सर्लाहीको चार स्थानिय तहलाई बागमती सेवा समाजले दोश्रो चरणको स्वास्थ्य सामाग्री सहयोग गरेकोे छ । बुधबार लालबन्दी,हरिपुर,ईश्वरपुर र  चन्द्रनगरलाई स्वास्थ्य सामग्री सहयोग गरेको हो। बागमती सेवा समाज र अक्स फाम नेपालको साझेदारीमा कोरोना भाईरस(कोभिड १९) बाट बच्न चारै स्थानिय निकायहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको हो ।

बिगत केही बर्ष देखि बिपत तथा सरसफाईको क्षेत्रमा काम गरिरहेको संस्थाले चारैवटा स्थानिय निकायका क्वारेन्टाईनका लागि स्वास्थ्य सामग्री सम्बन्धित स्थानि निकायलाई सहयोग गरेको बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारीले जानकारी दिनु भयो ।
लालबन्दी,ईश्वरपुर र हरिपुर नगरपालिकालाई स्यानिटाईजर,हात धुने साबुन,तौलिया, प्लास्टिकको बाल्टीन ,  सौचालय सफा गर्ने औषधी, स्यानिटरी प्याड, सौचालय ब्रस, कपडा धुने साबुन, झुल, बेड सिट, स्लिपर, टुथपेष्ट, टुथ ब्रस, फेनाईल, चस्मा  लगायत २३ प्रकारका स्वास्थ्य सामग्री सम्बन्धीत स्थानिय निकायका प्रमुखहरुलाई  हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष भरत कुमार कार्कीले बताउनु भयो ।
 त्यस्तै चन्द्रनगर गाउँपालिकामा छुट्टाछुट्टै दुई स्थानमा क्वारेन्टाईन भएको हुदाँ चार स्थानिय निकाय मध्य सबै भन्दा बढि स्वास्थ्य सामग्री चन्द्रनगर गाउँपालिकालाई  प्रदान गरिएकोे संस्थाका अध्यक्ष कार्कीले बताउनु भयो ।  भने बिहिवार चक्रघट्टा, बसबरिया गाउँपालिका र जिल्ला अस्पताल मलंगवालाई स्वास्थ्य सामाग्री सहयोग गरिने संस्थाका प्रतिनिधि दिवाकर झाले जानकारी दिनु भएको छ ।

बागमती सेवा समाजले जिल्लामा विभिन्न समयमा देखा परेका विपद्हरुमा राष्ट्रिय तथा अन्तरास्ट्रिय सरकारी संघसस्थाहरुसंगको सहकार्यमा सामाजिक कार्यमा निरन्तर लागि रहेको छ । भने राहत बितरण ,बिपद् तथा सरसफाईका काम आय आर्जन जिबिकोपार्जन लगायतका क्षेत्रमा यस संस्थाले निरन्तर काम गरिरहेको छ । संस्थाले यस अघि पनि जिल्लाका विभिन्न स्थानिय निकायहरु तथा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech