Close This

४ लाख घुस सहित अख्तियारमा परेका तिमल्सिनालाई नगरपालिकाको डाडु पनिउँ ।।।

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-५-२४ गते   २०५ पटक हेरिएको

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४ लाख घुससहित पक्राउ गरेका उपसचिवलाई स्थानिय सरकारको तालाचावी उपहार प्राप्त भएको छ । तत्कालीन जिल्ला शिक्षा कार्यालय सर्लाहीका उपसचिवद्वय वासुदेव तिमल्सिना र रामहरि रिजालसहित ४ जनालाई रु ४ लाख घुस रकम सहित  २०७४ जेठ ४ गते बिहिबार बिहान ९ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको थियो ।
जनज्योति मावि लालबन्दी नगरपालिका ९,सर्लाहीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने र सोही विद्यालयका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल समेतले विद्यालयमा कोटा दरबन्दीमा शिक्षक नियुक्त गर्दा रु ४ लाख घुस लिँदालिँदै पक्राउ गरिएको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनु भयो ।
उनीहरुलाई लालबन्दी नगरपालिका ७ स्थित नमस्ते होटलबाट पक्राउ गरिएको थियो । आयोगले उनीहरु विरुद्ध सि.नं.५३ को २०७४ असार १ गतेको आयोगको निर्णय र २०७४ असार ५ गते आरोप पत्र दायर गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका तत्कालीन प्रमुख ठाकुर पोखरेलका अनुसार आयोगबाट आर्थिक वर्ष २०७३।०७४  मा १ सय ५४ वटा मुद्धाहरु मध्य ६४ वटा मुद्धाहरू घूस (रिसवत) भई भ्रष्टाचार गरेको विषयका मुद्धाहरु दर्ता भएको थियो । उनिहरुमाथी राष्ट्रसेवक कर्माचारीहरु घूस (रिसवत) लिइ रहेको अवस्थामा रंगेहात पक्राउ गरी अनुसन्धान गर्दा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा (३) को उप दफा(१) बमोजिम कसुर गरेको पुष्टि समेत भएको थियो । आयोगको ऐनमा यस्ता कार्यमा मतिहार भई काम गर्ने राष्ट्रसेवक कर्माचारीहरुको हकमा आयोगको दफा (२२)अनुसार कार्बाही हुने व्यावस्था भएपनि तिमल्सिना अहिले झन ठूलो रकम चलाउन पाउँने स्थानिय निकाय लालबन्दी नगरपालिकाको डाडु पनिउँ चलाउने प्रमुख प्रशासकिय अधिकृत भएका छन् ।
सो विषयमा जिल्ला शिक्षा कार्यालय सर्लाहीका प्रमुख तत्कालीन  जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदीलो यस प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको र आफुलाई यस विषयमा कुनै किसिमको पूर्व जानकारी समेत नरहेको समेत बताएका थिए । तर अहिले तिनै अधिकारीलालबन्दी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरि रहेका छन् ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अरु प्रमुख प्रशासकिय अधिकृतहरु सरुवा गरेर आउन लाग्दा पनि तिमल्सिनाले पावर लागउने तथा लालबन्दी नगरपालिका कार्यालय र यस क्षेत्रको वातावरण खराब रहेको बताउँदै तर्साउने गरेका पाइएको छ ।
उनि लालबन्दी नगरपालिकाको शिक्षा शाखा प्रमुख थिए भने हाल नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा रहेका छन् । उनको घर पनि लालबन्दी नगरपालिका ७ मा नैछ । उनि विगत पटक पटक गरि  लामाे समय देखि नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा काम गरि रहेका छन् । प्रहरी स्राेतका अनुसार उनी त्यसअघि याैन दुर्ववहार गरेकाे आराेपमा रु ४ लाख बुझाएर मुक्ति पाएका थिए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech