पाँच पटकको च्याम्पियन भारतलाई नेपालले १–० ले हरायो

1.5k Shares

नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन भारतलाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको हो ।
नेपाल यससँगै साफ महिला च्याम्पियनसिपको फाइनलमा पाँचौपटक पुगेको हो । यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो। नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मि कुमारी घिसिङले गोल गर्दै भारत विरुद्ध नेपाललाई १–० को अग्रता दिलाएकी थिएन् । प्रिति राईकोे क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गर्दै भारत विरुद्ध नेपाललाई १–० ले अग्रता दिलाएकी हुन ।
दशरथ रंगशालामा उपस्थित करिब ७ हजार दर्शक सामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका लागि सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८–० गोलको जित निकालेको थियो।
नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।
भारतले पाँचपटक उपाधि जित्दा फाइलनमा नेपाललाई चारपटक र बंगलादेशलाई एकपटक हराएको थियो। नेपाल यसअघि २०१६ बाहेक सबै साफको फाइनलमा पुगेको थियो। सन् २०१६ को साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।
नेपालले भारतलाई साफमा हराएको यो पहिलो पटक हो। समग्रमा भने नेपालले भारतलाई दोस्रोपटक पराजित गरेको हो। यसअघि नेपालले हिरो गोल्डकपमा भारतमाथि जित निकालेको थियो।सेतोपाटीबाट 

सम्बन्धित समाचार