Close This

करिब रु डेढ करोडमा घरेलु कार्यालयको भवन निर्माण हुने

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-८-२८ गते   १४८ पटक हेरिएको


सर्लाही सदरमुकाम मलंगवामा करिब डेढ करोडको लागतमा घरेलु तथा साना उद्योगको  कार्यालय निर्माण हुने भएको छ । सहरी विकास तथा भवन कार्यालयबाट रु १ करोड ४७ लाख ६५ हजार ९ सय ७७ रुपैयाँ बजेट प्राप्त भएको र सो बजेटबाट कार्यालयको भवन निर्माण गर्न भवन शिलान्यास गरिएको हो  । 
जिल्लाको मलंगवा नगरपालिका २, स्थित पब्लिक माध्यामिक विद्यालय नजिक रहेको राम कविर मठको जग्गामा ८ कोठे कार्यालय भवनको शिलान्यास गरिएको घरेलु तथा साना उद्योग कार्यालय सर्लाहीका प्रमुख जितेन्द्र किशोर गुप्ताले जानकारी दिनुभयो ।
उहाका अनुसार सहरी विकास तथा भवन कार्यालयले भवन निर्माणका लागि रु १ करोड ४७ लाख ६५ हजार ९ सय ७७ रुपैयाँ उपलब्ध गराएको हो । 
भवनको मठका महन्थ देवलाल दास बैरागी,मलंगवा नगरपालिकाका नगर प्रमुख नागेन्द्र प्रसाद यादव, सर्लाहीकाप्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम,घरेल तथा साना उद्योग कार्यालय मलंगवाका प्रमुख गुप्ता,मलंगवा नगरपालिका २ का वडाध्यक्ष धीरेन्द्र साह लगायतले संयुक्त रुपमा शिलान्यास गर्नु भएको हो । घरेलु कार्यालय अहिले मलंगवा नगरपालिका ८ स्थित भाडाको घरमा रहेको छ । भाडाको घरबाट सेवा प्रवाह गर्नु पर्दा निकै समस्या भएको र अब भवन निर्माण भएपछि सेवा प्रवाहमा र सेवाग्राहीलाई सेवा लिन पनि सहज हुने कार्यालय प्रमुख गुप्ताले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech