Close This

खानेपानी आयोजना प्रति तीन राजनैतिक दलको आपत्ती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-२९ गते   ६४७ पटक हेरिएको

सर्लाहीको लालबन्दीमा खानेपानी शुल्क महँगो भएको भन्दै चौतर्फी विरोध सुरु भएको समयमा विभिन्न राजनैतिक दलहरुले प्रेस विज्ञाप्ती निकालेका छन । नेपाल कम्युनिष्ट पार्टी(नेकपा),नेपाली कांग्रेस,जनता समाजवादी पार्टी नेपालले बेग्लाबेग्लै पे्रस विज्ञप्ती निकालेर शुल्कमा पुनः विचार गर्न माग गरेका हुन् । उनिहरुले तेस्रो साना सहरी खानेपानी तथा सरसफाई आयोजनाद्वारा वितरीत खानेपानीको न्यूनतम शुल्क अत्यधिक महँगो भएको,गाुणस्तर हिन सामाग्रीको प्रयोग गरिएको,पाईप लाईन विस्तार अव्यावस्थीत रहेको भन्दै आयोजनाको ध्यानार्षण गराएका हुन ।
नेकपा लालबन्दी नगर कमिछि संयोजक डिल्लीप्रसाद अधिकारी र सचिव लेखाराम जर्गा मगर,नेपाली काँगे्रस लालबन्दी नगर समितिका सभापति प्रशान्त आचार्य त्यसैगरी जनता समाजवादी पार्टी नेपाल लालबन्दीले अलग अलग पे्रस विज्ञप्ती निकालेर आयोजनाको ध्यानाकर्षण गराएको हो ।
आयोजनाका अध्यक्ष बासुदेव अधिकारीले बैशाख ३१ गते बुधबार नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष र नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरुलाई राखेर सर्वपक्षिय छलफल गर्ने तयारी गरेकोे जानकारी दिनु भयो ।  जनस्तर तथा दलहरुबाट उठाइएका गुनासो तथा विषयमा सर्वपक्षिय बैठकमा छलफल हुने अध्यक्ष अधिकारीले बताउनु भयो । 
लालबन्दी नगरपालिका अन्तर्गत लालबन्दी, पत्थरकोट र जब्दी क्षेत्रमा खानेपानी वितरण गर्ने लक्ष्य लिइएको आयोजनाको हालसम्म ९६ प्रतिसत काम भइसकेको आयोजनाले जनाएको छ । उच्च भागमा पर्ने वडा नं. १२ र १३ पत्थरकोट क्षेत्रबाहेक अन्य वडामा केही महिना अघिदेखिनै धारा जडान गरेर पानी वितरण सुरु भईसकेको छ । कुल ८७ करोड ६४ लाख ३३ हजार ६ रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको काम गर्ने ठेकेदारलाई हालसम्म ७५ करोड ८० लाख ५० हजार ३ सय ५० रुपैयाँ भुक्तानि गरिएको आयोजनाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech