सर्लाहीको बागमती र लालबन्दीमा कुमारी बैङ्कको शाखा कार्यालय उद्घाटन गरिएको छ । बगमती नगरपालिका ११ कर्मैया र लालबन्दी नगरपालिका ७ लालबन्दी बजारमा कुमारी बैङ्कको शाखा कार्यालयको विधिवत उद्घाटन गरिएको हो । कर्मैया शाखाको उद्घाटन गर्दै बागमती नगरपालिकाका नगर प्रमुख भरतकुमार थापाले समृद्घ नेपाल,सुखी नेपालीको नारालाई सार्थक तुल्याउन गाँउघरमा खुलेका बैङ्क तथा बित्तीय संस्थाले टेवा पु–याउने विश्वास व्यक्त गरे । बैङ्कले सरल र सहज सेवा दिन सके नागरिकमा विश्वास बढ्ने र शाखा बलियो हुने नगर प्रमुख थापाले धारणा राखे ।

बैङ्कले साना व्यवसायमा लगानी बढाउने, वैदेशिक रोजगारीमा जाने र वैैदेशिक रोजगारीबाट फर्केर व्यवसाय गर्न चाहनेका लागि तथा कृषि क्षेत्रमा केन्द्रित रहेर लगानी गर्ने कर्मैया शाखा प्रबन्धक गोविन्द लामिछानेले बताए । बैङ्कले वित्तीय कारोवार,कर्जा प्रवाह,एटिएम,मोवाइल बैंकिंङ लगायतका सेवा प्रदान गर्ने शाखा प्रवन्धक लामिछानेले बताए ।
उनका अनुसार शाखा उद्घाटनको अवसरमा जनप्रतिनिधि,उद्योगी,व्यावसायी,व्यापारी,नागरिक अगुवा लगायत बैङ्कका कर्मचारीको उपस्थिति रहेको थियो । यस अघि जिल्लाको मलङ्गवा,बयलवास,हरिवन,बरहथवामा कुमारी बैङ्कको शाखा उद्घाटन भइसकेको छ । बुधबार उद्घाटन भएको कर्मैया एक सय छ औँ र लालबन्दी एक सय सात औँ शाखासहित मधेश प्रदेशमा बैङ्कको ३४ वटा शाखा बिस्तार गरी कारोवार सुचारु गरेको शाखा प्रवन्धक लामिछानेले बताए ।