सुदूरपश्चिम ११संग चर्च ब्वाईज युनाइटेड १ -० गाेल अन्तरले पराजित

1k Shares

दुर्गा कुमारी अधिकारी

हीको बागमती नगरपालिका ११ मा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत साेमबारकाे खेलमा सुदुरपश्चिम-११ धनगढीले चर्च ब्वाईज युनाईटेड ललितपुरलाई  दाेस्राे क्वाटरफाईनल खेलमा १ -0  ले पराजित गरेकाे छ । 
बागमती नगरपालिका ११ स्थित स्व.सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा जारी प्रतियोगितामा सुदुरपश्चिम ११ धनगढीले चर्च व्याईज युनाइटेड ललितपुरलाई १-० गाेलअन्तरले पराजित गरेकाे आयाेजक बागमती युवा क्लबका महासचिव एवम बागमती नगर खेलकुद विकास समितिका संयाेजक सागर मैनालीले जानकारी दिए ।
उनका  अनुसार गत विहिबार पाहुना टाेली भारतकाे युनाईटेड किण्डम फूटबल क्लब दार्जिलिङलाई हराउँदै क्वाटरफाईनल यात्रा तय गरेकाे सुदूरपश्चिम ११ धनगढीले  साेझै बाई पाएर चर्च ब्वाईज युनाईटेडन ललितपुर बीच प्रतिष्पर्धा गर्न पाएकाे हाे । भने तेस्राे क्वाटरफाइनल खेल मंगलबार नवजन जागृति युवा क्लब सिमरा र संकटा युवा क्लब काठमाण्डाै विच खेल हुने आयाेजकले जनाएको छ ।
मधेश प्रदेशकै सर्वाधिक पुरस्कार धनराशीको साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमकाे सहभागिता रहेकाे बागमती युवन क्लबका सचिव कुमार प्रधानले जानकारी दिए । उनका अनुसार एपीएफ क्लब, युनाईटेड किण्डम फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा,नेपाल पुलिस क्लब र धरान फूटबल क्लब प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।
प्रतियोगिताको बिजेताले रु १० लाख र उपबिजेताले रु पाँच लाख र नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना हरेक वर्ष सञ्चालन भई रहेकाे साताैँ राजर्षि जनक कप फुटबल प्रतियोगिता माघ २५ गतेबाट सुरु भएको र फागुन ७ गते सम्म सञ्चालन हुने छ  ।

सम्बन्धित समाचार